ब्रेकअपपछि ‘इन्गेजमेन्ट’ औंठीमा कट्रिना !
screennepal
प्रकाशित: २०७२, ८ माघ शुक्रबार
no img

नयाँदिल्ली । बलिउड अभिनेत्री कट्रिना कैफ रणबीर कपूरसँग ब्रेकअपपछि यतिखेर मिडियामा छाइरहेका छन् । यस ब्रेकअपमा सलमानको पनि हात रहेको भन्ने हल्ला छ । यतिखेरै कट्रिना रणवीरसँग ‘ब्रेकअप’पछि पहिलोपटक एक सार्वजनिक कार्यक्रममा ‘इन्गेजमेन्ट’ औंठी लगाएको अवस्थामा देखिइन् । कट्रिनाको औंलामा इन्गेजमेन्ट आंैठीले देखेपछि कार्यक्रममा उपस्थित सबैको ध्यान तानेको थियो । उनले डायमण्डको औंठी लगाएकी थिइन् । इन्गेजमेन्ट औठी मगनी भएपछि लगाइने चलन छ । तर, कट्रिना र रणवीर अलग भइसकेका छन् । तैपनि इन्गेजमेन्ट औंठी लगाएर खुलेआम सार्वजनिक कार्यक्रममा कट्रिना देखिएपछि यस विषयले बलिउडमा हलचल ल्याएको छ ।

????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????

Agency Photo

Comments