प्ले–ब्वोय बन्दै किशोर केसी
screennepal
प्रकाशित: २०७२, ८ माघ शुक्रबार
no img

काठमाडौं । किशोर केसी ‘प्ले–ब्वाय’ बनेपछि आफ्नो सानैदेखिको रहर मेटाउँदैछन् । किशोरको रहर र रुचि कलाकारिता बन्ने थियो । त्यो इच्छा उनले चलचित्र ‘कसैलाई नभन्नु’मार्फत पूरा गर्न लागेका हुन् । यो चलचित्र माघ २२ बाट एकसाथ देभभर रिलिज हुँदैछ । यस चलचित्रमा किशोर ‘प्ले–ब्वाय’ को भूमिकामा देखिँदैछन्  । यसै चलचित्रमार्फत रजतपटमा डेब्यु गरेका किशोरको घर परिवारमा कलाकारिता गर्ने कोही नभए पनि साथीभाई र आफन्तको प्रेरणाले यस क्षेत्रमा लागेका हुन् । उनी यस चलचित्रबाट धेरै आशावादी छन् । किशोर भन्छन्, ‘यो मेरो पहिलो चलचित्र हो । यसबाट धेरै आशा गरेको छु । चलचित्रमा किशोर ‘लभरब्वोय’को भूमिकामा देखिँदैछन् ।

DSC_7270
काठमाडौंको धर्मस्थलीका केसीले पहिलो अभिनय अनुभव सुनाउँदै भने, ‘सुरुमा क्यामेरा फेस गर्दा नर्भस भएको थिएँ ।’ उनले केही म्यूजिक भिडियो र टेलिचलचित्रमा समेत अभिनय गरिसकेको बताए । सबैले नेपाली चलचित्र हेरिदिएर माया गरिदिए राम्रो हुने उनको धारणा छ ।

DSC_0019
चलचित्र ‘कसैलाई नभन्नु’ मा उनी सोलो नायकका रुपमा डेब्यू गरेका किशोरको अभिनय क्षमता देखेर धेरै निर्माता÷निर्देशकले आफ्नो चलचित्रमा समेत प्रस्ताव आउन थालेको उनी बताउँछन् । ‘अहिले मलाई चलचित्रका लागि प्रस्ताव आइरहेको छ’ किशोरले भने, ‘तर, पहिलो आफ्नो चलचित्र रिलिज गर्नुछ । अहिले ‘कसैलाई नभन्नु’कै प्रमोसनमा व्यस्त छु ।’

Comments