सलमान खान आफ्नी प्रेमिका लुलियाका साथ शो होस्ट गर्दै
screennepal
प्रकाशित: २०७२, ८ माघ शुक्रबार
no img

मुम्बई। अभिनेता सलमान खान चाँडै एक टेलिभिजन शोमा आफ्नो गर्लफ्रेण्ड लुलिया वन्तुरका साथमा होस्ट गरिरहेका देखिनेछन् । उक्त शो ‘द फर्म’ को इन्डियन संस्करण हुनेछ । यो शो भारतका साथै केही मुलुकमा पनि प्रसारण हुने बताइएको छ । ‘द फर्म’ निकै चर्चिच शो मानिन्छ । यसलाई भारत संस्कणका लागि सलमानले अधिकार किनेका हुन् । यस शोका लागि १२ जना सेलिब्रेटी एक फार्म हाउसमा राखिन्छ । उनीहरुले त्यहाँ किसानहरुसँग घुलमेल गर्नेछन् ।

Salman-iulia-vantur-291113

यस शोको होस्ट सलमान र उनकी प्रेमी लुलियाले गनै भएका छन् । यस प्रतियोगिताको विजेता भोटिङका आधारमा छानिने छ । यस शोको रुमनिया संस्रकण सलमानकै प्रेमिका लुलियाले गर्दै आएकी छन् । अहिले लुलिया रुमनियामा सिजन–२ को सुटिङमा व्यस्त छिन् । उनले त्यहाँ सुटिङको समयको केही तस्बिर पनि शेयर गरेकी छन् । यो खबरसँगै सलमानका फ्यानहरुमा यतिखेर प्रतियोगिताको फाइनलमा आफ्नी प्रेमिकासित कस्तो देखिन्छन् भन्ने कौतुहलता जागेको छ ।

Comments