अनु शाहलाई प्रश्न ‘कुन बेला आई बस्यौ…’ (भिडियो)
screennepal
प्रकाशित: २०७२, ६ माघ बुधबार
no img

काठमाडौं । चलचित्र ‘लक्ष्य’ को ‘कुन बेला आई बस्यौ’ बोलको गीत रिलिज गरिएको छ । प्रेमकथा र द्वन्द्व मिश्रित चलचित्रको यस गीतले प्रेमभाव झल्काएको छ । केही समयअघि मात्र ‘लक्ष्य’को फस्टलुक तथा प्रोमो सार्वजनिक गरिएको थियो । मिलन आले मगरको निर्देशन रहेको यस चलचित्रलाई ओमलाल गुरुङले निर्माण गरेका हुन् । चलचित्रमा सबिन श्रेष्ठ, अनु शाह र सारिका घिमिरे मुख्य भूमिकामा छन् । यो चलचित्र चैत्र ५ मा रिलिज हुनेछ । चलत्रिमा सुशील पंगेनीले पटकथा र सुमन तण्डुकारको छायांकन रहेको छ ।

anu-and-sabin
निर्माता ओमलालले ‘लक्ष्य’मा भरपुर मनोरञ्जनका साथै युवा पिढीका लागि सन्देश पनि रहेको बताएका छन् । चलत्रिमा सबिनको एक्शन भूमिका हेर्न सकन्छि । अर्जुन पोखरेल र टंक बुढाथोकीको संगीत र रामजी लामीछानेको कोरियोग्राफी रहेको छ ।

Comments