रणवीरसँग ‘ब्रेकअप’पछि सलमान–कट्रिनाबीच गोप्य मिटिङ
screennepal
प्रकाशित: २०७२, ४ माघ सोमबार
no img

मुम्बई, (एजेन्सी) । पछिल्लो केही दिनयता अभिनेत्री कट्रिना कैफ र अभिनेता रणवीर कपुरको ‘ब्रेकअप’ को हल्ला भुसको आगोझैं सल्किरहेको छ । तर यतिखेरै कट्रिनाले आफ्ना एक्स ब्वायफ्रेन्ड सलमान खानलाई सुटुक्कै भेटेको अर्को खबर छ । समाचारमा जनाइएअनुसरा जब रणवीरसँग ‘ब्रेकअप’ को हल्ला फैलियो, तब कट्रिना आधा रातमा सलमानलाई भेट्न पुगेकी थिइन् ।

सलमानले कट्रिनालाई भेट्नका लागि एक विशेष पार्टीको समेत आयोजना गरेका थिए । कट्रिनाले रणवीरसँग आफ्नो ब्रेकअपबारे सलमानलाई लामो समय कुराकानी गरेको बताइन्छ । तर, कट्रिनाले भने सलमानसित खाशै त्यस्तो कुरा नभएको बताएकी छन् । उक्त पार्टी फिल्म ‘सुल्तान’ का निर्देशक अलि अब्बासको जन्मदिनको अवसर पारेर राखिएको थियो । सो पार्टीमा सलमानका अलावा अलिका केही नजिकका साथीहरु जमघट भएका थिए । जसमा एक जना कट्रिना पनि थिइन् ।

katrina-kaif-salman-khan-in-laapata-song-25
एक अंग्रेजी न्युज पोर्टलका अनुसार कट्रिनाका प्रवक्ताले भने, ‘अलि अब्बास कट्रिनाको नजिकका साथी हुन् । त्यसैले आफ्नो जन्मदिनमा अलिले उनलाई बोलाएका थिए ।’ फिल्म ‘सुल्तान’ मा सलमान मुख्य भूमिकामा देखिँदैछन् ।  यस लागि पनि अलिले सलमानलाई बोलाएर पार्टीको आयोजना गरेका हुन् ।’ उक्त पार्टीमा सलमान र कट्रिनाबीच गोप्य कुराकानी नभएको पनि ती प्रवक्ताले बताएका छन् । उनले भने, ‘बजारमा सुनिएको हल्ला निराधार हो ।’
हुन त यसअघि पनि सलमानले कट्रिनासँग ‘ब्रेकअप’ बारे सोधेका थिए । फिल्म ‘फितुर’ को पत्रकार सम्मेलनमा सलमानले कट्रिनासँग सोधेका थिए, ‘रणवीरसँग ब्रेकअपको हल्ला के हो ?’  तर, अहिले कट्रिना र रणवीरको ‘ब्रेकअप’ लुकाएर नलुक्ने गरी छताछुल्ल भएको छ । एक समय कट्रिना र रणवीर कार्टर रोडमा सँगै एक फ्ल्याटमा बसेका थिए ।

Comments