बौद्ध बिहार मर्मतका लागि ‘कृषागौतमी’
screennepal
प्रकाशित: २०७२, ४ माघ सोमबार
no img

काठमाडौं । बौद्ध कथामा आधारित नेपाल भाषाको फिल्म ‘कृषागौतमी’ १ माघबाट ललितपुर, ग्वार्काेस्थित गुण सिनेमा हलमा प्रदर्शन भइरहेको छ ।

दीजेन्द्र शाक्यले रामकृष्ण खड्गीको निर्देशनमा निर्माण गरेको ‘कृषागौतमी’ प्रदर्शनबाट आर्जन हुने सम्पूर्ण रकम बौद्ध बिहार मर्मत, निर्माण सम्भार तथा सम्बन्धीत संस्थालाई सहयोग गरिने बताईएको छ । गुण फिल्मस्को प्रस्तुति रहेको फिल्ममा मेलिना मानन्धर, कर्म, शिब श्रेष्ठ, लुनिभा तुलाधर, वत्स शाक्य, मञ्जु श्रेष्ठ, नगीना जोशी, रामकृष्ण महर्जनलगायतले अभिनय गरेका छन् ।

kkk

निर्देशक खड्गीकै लेखन रहेको फिल्ममा हरेक प्राणीको जन्मसंगै मृत्यु पनि निश्चीत छ भन्ने शास्वत सत्यचिन्तन प्रस्तुत गरिएको छ ।
केही दिनअघि गुणसिनेमामा प्रिमीयर गरिएको ‘कृषागौतमी’ सो हलमा नियमीत प्रदर्शनमा रहेको निर्माता दिजेन्द्रले जानकारी दिए । यसै समूहले केही बर्षअघि बौद्धकथामा निर्माण गरेको पटाचारा फिल्मले ब्यापारिक सफलता हासिल गर्नूका साथै राष्ट्रिय अवार्ड पनि जितेको थियो । पटाचाराबाट आर्जीत सम्पूर्ण आम्दानी निर्माता दिजेन्द्रले बौद्धबिहार निर्माण, सम्भार तथा बिकासमा लगाएका थिए ।

Comments