करिश्माले पैसाका लागि मात्र विवाह गरेको सञ्जयको दावी
screennepal
प्रकाशित: २०७२, १ माघ शुक्रबार
no img

मुम्बई । बलिउड अभिनेत्री करिश्मा कपूर र सञ्जय कपूरको डिभोर्सको केसले नयाँ मोड लिएको छ । बान्द्रा फेमिली कोर्टमा दायर एक निवेदनमा करिश्मालाई सञ्जय कपूरले  सिर्फ पैसाका लागि आफूसित विवाहको नाटक गरेको बताएका छन् । ‘मुम्बई मिरर’ मा प्रकाशित समाचारअनुसार उक्त निवेदनमा सञ्जयले यस्तो आरोप लगाएका हुन् । करिश्माले अभिषेक बच्चनसँग  ब्रेकअपपछि आफूसँग विवाहको नाटक मात्र गरेको दावी गरेका छन् ।

karishma-kapoor_lead-775x400

उनले भनेका छन्, ‘करिश्मा कपूर पत्नी, बुहारी आमाको जिम्मेवारी निभाउन असफल भएका छन् । सञ्जयले यस्तो पनि दावी गरेका छन् कि एक समय पनि करिश्माले बच्चाको नाम लिन चाहिनन् । उनले बच्चाको कुरा गर्ने वित्तिकै करिश्मा तर्कने गरेकी उनको दावी छ ।
करिश्मा कपूर र स१जय दुवैले आपसी सहमितमा सम्बन्धविच्छेद गर्न लागेका थिए । तर, नोभेम्बर २०१५ मा अचानक करिश्मा कपूरले सम्बन्धविच्छेदको अपिल गरेकी थिइन् । करिश्मा र सञ्जयले सन् २००३ मा विवाह गरेका थिए । उनीहरुमा एक छोरी समाइरा छिन्, जो २००५ मा जन्मेकी हुन् ।

Comments