‘सिजी कामना फिल्म अवार्ड–२०७३’ घोषणा (फोटोफिचरसहित)
screennepal
प्रकाशित: २०७२, १ माघ शुक्रबार
no img

काठमाडौं । सिने मासिक पत्रिका ‘कामना’ ले दोस्रो ‘कामना फिल्म अवार्ड’ घोषणा गरेको छ ।

कामना प्रकाशनले गत वर्षदेखि बहुप्रतिष्ठित कम्पनी सिजी इन्टरटेनमेन्टसँगको सहकार्यमा ‘सिजी कामना फिल्म अवार्ड’ सुरु गरेको हो । सोल्टीमोडस्थित होटल सोल्टी क्राउन प्लाजामा एक कार्यक्रम आयोजना गरी २०७२ सालका चलचित्रलाई सहभागी गराई २०७३ सालमा अवार्ड कार्यक्रम आयोजना गर्ने जानकारी गराएको हो ।
पहिलो संस्करणको सफलतासँगै गत बैशाखमा आएको विनाशकारी महाभूकम्प र त्यसको घाउ नपुरिँदै हालसम्म जारी नाकाबन्दीबाट सिंगो मुलुक र जनता आहत भएका कारण यस वर्षको अवार्ड कार्यक्रमलाई निरन्तरता नदिइएको र आगामी वर्ष पुनः अवार्ड कार्यक्रमलाई निरन्तरता दिइने कामना न्यूज पब्लिकेसन्स्का प्रधानसम्पादक पुष्करलाल श्रेष्ठले जानकारी गराए ।

_Q8W1183

पहिलो कामना अवार्ड सबैका साथ र सहयोगबाट सफल रहेपनि देशमा देखिएका विषम परिस्थितिहरुका कारण सिजी कामना फिल्म अवार्डस्लाई निरन्तरता नदिइएको बताए ‘देश दुखिरहेको र सिंगो देश नै रोइरहेका बेला मनोरञ्जनात्मक अवार्ड कार्यक्रम आयोजना गर्ने उत्साह पलाउन सकेन’ छोटो औपचारिक र बढी  अनौपचारिक रुपमा कक्टेल डिनरसँगै सम्पन्नकार्यक्रममाप्रधान सम्पादक श्रेष्ठले बताए ।

_Q8W1174

बैशाख १२ को भूकम्पले अवार्ड आयोजनाको मनस्थिति बनाउन नसकिए पनि दोस्रो अवार्ड कार्यक्रम नयाँ वर्षलगत्तै हुने जानकारी उहाँले गराउनु भयो।  कार्यक्रममा उहाँले पहिलो संस्करणको अवार्डमा प्रत्यक्ष र अप्रत्यक्षरुपमा सहकार्य, सहयोग र समर्थन गर्ने सबैप्रति आभार व्यक्त गर्दै त्यसको निरन्तरताको आशा पनि गरेका छन् ।

_Q8W1190
त्यसैगरी सिजी इन्टरटेनमेन्टका अध्यक्ष वसन्त चौधरीले कामना न्यूज पब्लिकेसन्स्ले ३२ वर्ष तथा यसको राष्ट्रिय दैनिक प्रकाशन नेपाल समाचारपत्रले २१ वर्ष पार गरेको अवसरमा बधाई दिँदै पहिलो संस्करणको अवार्डका सहयोगी तथा विजेतालाई धन्यवाद र बधाई ज्ञापनका लागि कार्यक्रम आयोजना गरेको प्रष्टयाए । ‘पहिलो सिजी कामना फिल्म अवार्डस्मा सहयोग पु-याउने तथा अवार्ड हासिल गर्ने सम्पूर्णलाई आभार र बधाई ज्ञापन गर्ने समारोहका रुपमा यो कार्यक्रम आयोजना गरिएको छ । भूकम्प र नाकाबन्दीबाट देश संक्रमणको अवस्थामा गुज्रेको अवस्थामा अवार्ड कार्यक्रमलाई निरन्तरता दिननसक्दा यो क्षेत्रमा छाएको निराशालाई चिर्ने गरी पहिलेभन्दा पनि परिकृष्तरुपमा अबकोे अवार्ड समारोह आयोजना गर्नेछौँ ।’

 _Q8W1240

चौधरीले विगतमा दिनु भएको आप्mनै अभिव्यक्ति स्मरण गर्दै अघिल्लो वर्षभैmँ दोस्रो अवार्ड पनिनिष्पक्षता, पारदर्र्शीता र उत्कृष्टता हुने जनाउँदैै यो अवार्ड एक दिन चलचित्र क्षेत्रको मानक पुरस्कार हुने बताएका थिए ।

_Q8W1240
छोटो औपचारिकतापछिको कार्यक्रममा अवार्ड आयोजक समितिका सदस्य तथा कामना मासिकका सम्पादक विदुर गिरीले २०७२ साल बैशाख १ देखि चैत्र मसान्तसम्म रिलिजमा आएका फिल्महरुका बिचको सहभागितामा दोस्रो सिजी कामना फिल्म अवार्डस् २०७३ आयोजना गरिने बताए भने आयोजक समितिका संयोजक तथा आयोजक संस्थाका प्रमूख कार्यकारी अधिकृत एवं प्रवन्ध सम्पादक दिरेकलाल श्रेष्ठले अवार्डलाई समारोहका हिसाबले अघिल्लो संस्करणको तुलनामा अभैm बढी प्रभावकारी र आकर्षक रुप प्रदान गरिने बताए ।

Comments