‘बिन्दास’की हट शुभेच्छाको यस्तो रुप ! (भिडियो हेर्नुस् त)
screennepal
प्रकाशित: २०७२, १ माघ शुक्रबार
no img

काठमाडौ । अभिनेत्री शुभेच्छा थापा भन्नेवितिकै ‘हट’ भन्ने शब्द जोडिन थालेको छ । बेला–बेला उनले गरेका फोटोसुटले यस्तै ट्याग दिएको छ ।

केही दिनअघि मात्र एक फोटोसुटका कारण उनी विवादित भइन् । रिलिजको तयारीमा रहेको आफ्नो चलचित्र ‘बिन्दास–३’ लाई प्रमोसन गर्ने हेतुले शुभेच्छाले फोटोसुट गरेकी थिइन् । तर, दिमाग नलगाई गरेको त्यो फोटोसुटले उनी विवादित बनिन् । त्यस सन्दर्भका उनले आफ्नो गल्ती स्वीकारिसकेकी छन् । तर, तनाव उनको मन झनै छ ।

bbbbb

शुभेच्छालाई ‘बिन्दास’ हिट होला वा नहोला भन्ने एकातिर तनाव छ भने अर्कोतिर फेरि कस्तो कन्सेप्टमा फोटोसुट गर्ने भन्ने । यिनै हट अभिनेत्री शुभेच्छालाई पर्दा बारिर मात्र नभई पर्दामा समेत तनावमा हेर्न सकिने छ चलचित्र ‘बिन्दास–३’ मा । यो चलचित्रको नाम सुन्दै ‘बिन्दास’ छ । अझ चलचित्रमा हट शुभेच्छाको बिन्दास रुपमा कस्तो होला त ? सायद दर्शकलाई हिजोआज यस्तै कौतुहलता भएको होला । तर, चलचित्र ‘बिन्दास–३’ मा शुभेच्छा हट मात्र देखिँदिनन् । उनलाई ‘सेन्टिमेन्टल’ अर्थात् स्याड मुडमा पनि दर्शकलाई पाउँनेछन् ।

चलचित्रको ‘साँचो माया…’ बोलको गीतमा शुभेच्छालाई दर्शकले सोचेभन्दा फरक रुपमा देख्न सक्छन् । राजु गिरिले निर्देशन गरेको यो चलचित्र माघ २२ मा अल नेपाल रिलिज हुँदैछ । त्यसअघि तलको लिंकमा क्लिक गरेर भिडियो हेर्नुस् ।

Comments