फ्राइडे रिलिज : ‘फन्को’सँग ‘काफल पाक्यो’
screennepal
प्रकाशित: २०७२, १ माघ शुक्रबार
no img

काठमाडौं । यस शुक्रबार दुई नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । ‘काफल पाक्यो’ र ‘फन्को’ आजबाट देशव्यापी प्रदर्शनमा आएका हुन् ।

सावित्री खत्री निर्देशित चलचित्र ‘काफल पाक्यो’ मा जीवन लुइँटेल, वर्षा सिंह, मुकेश आचार्य, लय संग्रौला, उत्तम केसी, बीएस राणालगायतका कलाकारको मुख्य अभिनय रहेको छ । उपेन्द्र सुवेदी, सुरेश राउत, लक्ष्मी केसीले निर्माण गरेको यस चलचित्रमा विकास चौधरीको संगीत, शंकर अधिकारीको गीत, हिमाल केसीको द्वन्द्व, कविराज गहतराज र सरिता राजचललेको कोरियोग्राफी रहेको छ ।

kafal-pakyo1
त्यस्तै, चलचित्र ‘फन्को’मा सौगात मल्ल, दयाहाङ राई, अनुप बराल, केकी अधिकारी, प्रियंका कार्की, केशव भटराईलगायतका कलाकारको अभिनय रहेको छ । सुर्बण थापाले निर्देशन गरेको यस चलचित्रमा नरेन्द्र महर्जन साथै बेल्जियम निवासी शहदेव गौतम र पदम गुरुङको पनि लगानी रहेको छ ।

Comments