बर्षाका लागि निराजनको प्रेम आशक्ती (भिडियो)
screennepal
प्रकाशित: २०७२, २९ पुष बुधबार
no img

काठमाडौं । मोडल निराजन प्रधान आफ्नी प्रेमिका हिड्ने बाटोभरी फूलै फूल छर्ने कुरा गरिरहेका छन् । उनका लागि आफूले हरेक कुरा गर्ने सक्ने निराजनको भनाइ छ ।

मोडलद्धय निराजन प्रधान र बर्षा राउतलाई यसरी प्रेमको गन्तव्यमा ल्याउने काम गरेको हो, शैलेश शर्माको आवाजमा समावेश ‘तिमी हिड्ने बाटो भरी’ बोलको गीतले । ‘आँचल’ एल्बममा समावेश यो गीतमा नरेश भट्टराइको शब्द र हरि लम्सालको संगीत छ । विशाल भण्डारीले निर्देशन गरेको यो भिडियोलाई विवेक खतिवडा प्रोडक्शनले तयार पारेको हो । भिडियोमा निर्देशक भण्डारीले निराजन र बर्षाको प्रेमलाई रोमाञ्चक तरिकाले देखाएका छन् । दुई जना यूवायूवती प्रेममा परेपछि कसरी माया व्यक्त गर्छन् भन्ने देखाइएको छ । भिडियोमा फूलको प्रयोग पनि गजबले गरिएको छ ।

Comments