‘क्लासिक’मा प्रेममा हारेपछिको गीत (भिडियो)
screennepal
प्रकाशित: २०७२, २९ पुष बुधबार
no img

काठमाडौं । अभिनेता आर्यन सिग्देल र अभिनेत्री नम्रता श्रेष्ठलाई फिचरिङ गरिएको फिल्म ‘क्लासिक’को हारे हारे बोलको गीत सार्वजनिक भएको छ ।

युटुबबाट सार्वजनिक गरिएको गीतको भिडियोलाई कोरियोग्राफर रेनशा राईले उत्कृष्ट बनाएकी छन् । प्रेममा हारेपछि एक युवकले गाउने गीतमा तयार भएको छ, हारे हारे । अभिनेता आर्यन र अभिनेत्री नम्रता यो फिल्ममा दृष्टिविहिन भूमिकामा छन् । आर्यन सिग्देल र सुवास गिरीले मिलेर निर्माण गरेको यो फिल्मलाई दिनेश राउतले निर्देशन गरेका हुन् । माघ २९ गतेबाट फिल्म देशभर रिलिज हुनेछ ।
यो गीतमा युवराज चौलागाइँको स्वर, ताराप्रकाश लिम्बुको संगीत, दिनेश राउतको शब्द छ । यो गीतको अडियो सार्वजनिक भएसँगै यसलाई रुचाइएको थियो ।

Comments