‘राहदानी’ अब १२ चैतमा
screennepal
प्रकाशित: २०७२, २६ पुष आईतवार
no img

काठमाडौं । बैदेशिक रोजगारीको समस्या उठान गरिएको चलचित्र राहदानी आगामी १२ चैतबाट देशव्यापी प्रदर्शनीमा आउने भएको छ । यस अघि यो चलचित्र गत २९ जेठमा रिलिज गर्न लागिएको थियो । गत बैशाखको भूकम्पले यसको प्रदर्शन हुन नसकेपछि राहदानीलाई १२ चैतमा दर्शकमाझ ल्याउन लागिएको यसका प्रस्तुतकर्ता लक्ष्मी ढकालले बताए ।
चलचित्रको लेखक निर्देशक डब्बु क्षत्री हुन् । मुलुकका करिब २७ लाख युवा जनशक्ति अहिले पनि खाडी मुलुकमा रोजगारीमा रहेकोले उनीहरुका विभिन्न समस्यालाई चलचित्रमा उठान गरिएको निर्देशक क्षत्रीले बताए । चलचित्रको छायाँकन नेपाल र मलेशियामा गरिएको हो ।

rahadani nepali movie  (2)
राहदानीमा दयाहाङ राई, रुपा खनाल, सृजना सुब्बा, नविन लम्साल, बिनिता घिमिरे, अशोक रिजाल, विधा कार्की, विकाश जोशी, मोनिका दाहाल, तेन्जिङ शेर्पा, अस्मिता बस्नेत, दिनेश दुलाल लगायतको अभिनय छ ।

Comments