जितेन्द्र रसिकको ‘एलियनको पृथ्वी भ्रमण’
screennepal
प्रकाशित: २०७२, २५ पुष शनिबार
no img

भक्तपुर । चकमन्न हल केही समयमै स्रष्टाको आगमनले भरिँदै गए ।काठमाडौं, भक्तपुर ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, लमजुङ, झापा, धादिङलगायत दर्जनौ जिल्लाका स्रष्टा भक्तपुरको रेडक्रस हलमा खचाखच भरिए ।

कार्यक्रमको आकर्षण थियो भक्तपुर साहित्यिक समाजको १७औं स्थापना दिवस, स्रष्टा जितेन्द्र रसिकको कृति ‘एलियनको पृथ्वी भ्रमण’ लोकार्पण र समाजकै नियमित ५२औं साहित्यिक शृंखला समारोह । समाजका सदस्य सानुभाई दियालीले स्वागत गीत गाएर कार्यक्रममा उपस्थित सर्जकलाई स्वागत गर्दा तालीले हल गुन्जिए ।

???????????????????????????????
शुक्रबार भक्तपुर साहित्यिक समाजको स्थापना दिवशको अवसर यस्तै फरक–फरक तीन कार्यक्रमबीच एकैसाथ भएको थियो । संस्थाले समाजसेवी कृष्णलाल प्रधानलाई मानार्थ सदस्यता प्रदान गरेको छ । समाजको ५२औं नियमति साहित्यिक शृंखलासमेत संचालनसँगै समाजका सचिव तथा साहित्यकार जितेन्द्र रसिकको तेस्रो कृति ‘एलियनको पृथ्वी भ्रमण’ सार्वजनिक गरे ।
स्वदेश प्रकाशन प्रालिले प्रकाशन गरेको उक्त बालकथा कृति ‘एलियनको पृथ्वी भ्रमण’को साहित्यकार गोपीकृष्ण ढुंगानाको सम्पादन गरेका छन् । कृतिमा पेन्सिलको अदालत, क्यामेराको झगडा,काग र कोइलीको विहे, एलियनको पृथ्वी भ्रमण, टाइक्यापे खैरे, लाँकुरी र काजी शीर्षकमा ६ वटा कथाहरु समेटिएका छन् । कथाको सम्पादन बालकथाकार तथा संचारकर्मी गोपीकृष्ण ढुंगानाले गप्रकाशित सचित्र कथा पढेर बालबालिकाले मनोरञ्जन र ज्ञान हाँसिल गर्न सक्ने कार्यक्रमका प्रमुख अतिथि प्राडा. देवी सुवेदीले बताए ।

???????????????????????????????

बालकथाकार रसिकले बालबालिकाहरु मुछिएका माटो र स्रष्टाहरु कलाकार हुन् भने । उनले  मुछिएका माटोलाई स्वरुप दिने र  देशको बगैंचा सिंगार्ने काम स्रष्टाहरुले गर्नुपर्ने  भन्दै सभ्य र विकासशिल राष्ट्रको कल्पना गर्नु अघि देशका बालबालिका कुन स्थानमा छ र कुन स्थानमा पु¥याउनु पर्ने हो भन्ने निक्र्यौलमा अभिभावक र बुद्धिजीविहरु पुग्न आवश्यक रहेको बताए । बालबालिकाहरुको बौद्धिक क्षमताको वृद्धि र जाँचगर्दै समाजमा उनीहरुको भूमिका स्थापित गर्दै देशको सच्चा नागरिक बनाउन साहित्यले पनि ठूलो भूमिका खेल्नुपर्ने जोड दिए । उनले नेपालको सन्दर्भमा सबै बालबालिका बालसाहित्यका पहुँचमा नरहेको र  बालबालिकालाई विद्यालयकै पाठ्यक्रम घोकाउने परम्परा अझै हट्न नसकेको बताए । पाठयक्रमभन्दा बाहिरको ज्ञान बटुल्ने बालबालिकाको अधिकार सुनिश्चित गर्न पनि बालसाहित्यकारहरुले आवाज बुलन्द गर्न आवश्यक रहेको प्रष्ट पारे ।
कार्यक्रममा सभापति तथा भक्तपुर साहित्यिक समाजका अध्यक्ष राजुराम मुनंकर्मिले एलियनको पृथ्वी भ्रमण कथा कृति बालबालिकाको लागि समय परिवेश अनुसारको खुराक भएको बताए । बालकथाकार तथा समालोचक कार्तिकेय घिमिरेले कृतिको समक्षिा गरेका थिए । त्यस्तै स्रष्टा तथा कान्तिपुर दैनिकको परिशिष्ताङ्क कोपिलाका संयोजक दामोदर न्यौपानेले रसिकको बालकथाहरुबाट बालबालिकाले मात्र हैन यूवा र प्रौढले पनि विनम्रताका कुरा सिक्न सक्ने बताए । कार्यक्रममा काभ्रे, सिन्धुपाल्चोक, काठमाडौ, ललितपुर र भक्तपुर, काभ्रे, धादिङ, लमजुङ लगायत जिल्लाका साहित्यिक संस्थाहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा कवि मणिराज सिंह, प्रतिशरा सामयी, रामगोपाल आशुतोष, हरिहर तिमिल्सिना, उर्मिला पन्त, देवलाल उझाथाछें, मानान्धर अभागी, भाग्यशाली अधिकारी, रविन स्नेहि, बलराम घिमिरे, सुरेश बखुन्छे र नरेन्द्र जोशीलगायतले आफ्ना सिर्जना वाचन गरेका थिए ।

Comments