कलाकार थापालाई उपचार खर्च ३० हजार प्रदान
screennepal
प्रकाशित: २०७२, २४ पुष शुक्रबार
no img

काठमाडौं । बरिष्ठ हास्य कलाकार आनन्द थापालाई उपचार खर्च भनि ३० हजार रुपैयाँ प्रदान गरिएको छ ।

कलाकार तथा निर्माता श्याम कार्कीको पहलमा चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईद्वारा रकम प्रदान गरिएको हो । शुक्रबार चलचित्र नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रामकेश्वर बोगटी, सुनिल कटवाल, रविन्द्र खड्का, श्याम कार्कीलगायत उनकै निवास भक्तपुरस्थित झोर्खेल पुगेर थापालाई ३० हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको हो । ८४ वर्षीय कलाकार थापा दुई महिनादेखि पक्षघातका कारण विमारी छन् ।

aanan thapa

हाल स्वास्थ्यलाभ गरिरहेका थापाले कलाकारितामै आफ्नो आधाभन्दा बढी जीवन विताइसकेका छन् । उपचार खर्च हस्तान्तरण गरेपछि कलाकार प्रतिनिधिले हास्य कलाकार थापाको शिघ्र स्वास्थ्य लाभको कामना गरे । सहयोग पाएपछि कलाकार थापाले खुसी व्यक्त गरेका छन् ।

Comments