ब्वायफ्रेण्डसँग जन्मदिन मनाउँदै थाइल्याण्डमा बिपाशा
screennepal
प्रकाशित: २०७२, २३ पुष बिहीबार
no img

नयाँदिल्ली । बलिउडकी हट अभिनेत्री बिपाशा बसुको आज (७ जनवरी) मा आफ्नो ३७औं जन्मदिन मनाइरहेकी छन् । नयाँ वर्ष मनाउने क्रममा थाइल्याण्ड पुगेकी बिपाशा अहिले पनि उत्तै छिन् । बिपाशासँग उनको कथित ब्वायफ्रेण्ड करणसिंह ग्रोबरमा पनि छन् । थाइल्याण्डमै बिपाशाले आफ्ना ब्वायफ्रेण्डसँग जन्मदिन मनाइरहेकी छन् । उनले करणसँगको केही तस्बिर पनि सामाजिक सञ्जालमा पोस्ट गरेकी छन् । बिपाशाले इन्स्टाग्राममार्फत आफ्ना फ्यानका लागि फोटो शेयर गरेकी हुन् । उक्त फोटोमा बिपाशा र करण दुवैजना देखिएका छन् । उनीहरुले केही समयअघि आफूहरु ‘साथी मात्र’ बताएका थिए । तर, सामाजिक सञ्जालमा शेयर गरिएको तस्बिर हेर्दा लाग्छ, उनीहरु एक कुसल प्रेमजोडी हन् ।

Bipasha-Basu
यस्तै, केही दिनअघि बिपाशाले आफ्नो जन्मदिनमा करणसँगको आफ्नो वास्तविक सम्बन्धबारे खुलासा गर्ने बताएकी थिइन् । अहिलेसम्म बिपाशाले करणसँगको सम्बन्धबारे खुलासा नगरे पनि साँझसम्ममा केही बताउने अड्कलन गरिएको छ । त्यसको संकेत उनले तस्बिरबाट दिएकी छन् । करणले पनि आफ्नो इन्स्टाग्राममा बिपाशासँगको तस्बिर शेयर गरेका छन् । ती तस्बिरसँगै करणले लेखेका छन्, ‘ह्याप्पी बर्थ–डे बिपाशा । थ्याक्यू फर इभ्रि मोमेन्ट सो ब्युटिफुल एण्ड स्पाइसी ।’ यसका अलावा बिपाशाले बर्थ–डे केकको तस्बिर पनि पोस्ट गरेकी छन् ।

karan-bipasha07(1)

बिपाशाले इन्स्टाग्राममा पोस्ट गरेको फोटो ।

बिपाशाले यसपटकको आफ्नो जन्मदिनलाई विशेष रुपमा लिएकी छन् । उनले गत वर्ष आफ्नो जन्मदिन एक्लै मनाएकी थिइन् । तर, यसपालि उनीसँग करण पनि छन् । जो, उनीहरु अहिले थाइल्याण्डमा मस्ती गरिहेका छन् ।

cake07

बिपाशाले इन्स्टाग्राममा पोस्ट गरेको केक ।

Comments