‘लालजोडी’मा हिरोइन रेखाले गाइन् माँ कसम…
screennepal
प्रकाशित: २०७२, २२ पुष बुधबार
no img

काठमाडौं । हिरोइन हुँदै निर्माता, निर्देशक र संगीतकार बनेकी रेखा थापा पाश्र्वगायनमा पनि लागेकी छन् । उनले लक्ष्मण सुवेदीको ‘लालजोडी’ फिल्मको ‘मा“ कसम’ बोलको युगल गीत गाएकी हुन् ।
रेखा र प्रल्हाद तिमिल्सिनाको स्वर रहेको मा“ कसम बोलको सो गीत मंगलबार पुतलीसडकस्थित आवर स्टुडियोमा रेकर्ड गरिएको हो । थानेश्वर गौतमको संगीत रहेको सो गीत निर्देशक सुवेदी आफैले लेखेका हुन् । रेखाले निकै मिहीनेत गरेर गीत गाएको बताइन् । ‘मलाई अफर आएपछि मैले धेरै प्राक्टिस गरें,’ उनले भनिन्, ‘हुन त पहिला पनि मैले गीत गाइसकेकी थिए“ । तर यत्तिको हाइ पिचको गीत भने गाएकी थिइन“ । त्यसैले धेरै मिहीनेत गर्नु पर्यो ।’ उनले शब्द र संगीत मन परेकाले गीत गाएको बताइन् ।

rekkk
पछिल्लो समय पाश्र्व गायनमा चम्किरहेका प्रल्हाद तिमिल्सिनाले पनि सुपरस्टार हिरोइनसंगै गीत गाउदा निकै रमाइलो लागेको बताए । ‘गीत निकै हाइ पीचमा भएकाले सुरुमा त आफैलाई सक्दिन“ की भन्ने लागेको थियो,’ उनले भने, ‘त्यसकारण रेखाजीलाई पनि गाह्रो पर्ला भन्ने लागेको थियो । तर उहांले निकै राम्रो गाउनु भएको छ ।’
रहर पूरा गर्ने इच्छाले मात्र गायनमा हात नहालेको रेखाको दावी छ । ‘म पहिलादेखिनै गाउथें । मैले रहर पूरा गर्न मात्र गाएकी होइन,’ उनले भनिन्, ‘यो गीत निकै राम्रो छ । कम्फर्म हिट हुन्छ ।’ गीत हिट भए पनि आफूले पाश्र्व गायनलाई भने जोड नदिने उनले बताइन् ।

rrr
दिलासा क्रिएसनको ब्यानरमा लक्ष्मणकै लेखन, गीत, निर्माण र निर्देशनमा बन्ने फिल्मका कलाकार भने गोप्य नै राखीएको छ । माघ पहिलो सातादेखि सुटिङ सुरु गरिने बताइएको फिल्ममा जम्मा चार गीत छन् ।

 

Comments