प्रियंकापछि अब बिपाशासँग ‘राते काइँला’
screennepal
प्रकाशित: २०७२, २१ पुष मंगलवार
no img

काठमाडौं । बलिउड अभिनेत्री प्रियंका चोपडासँग ‘मेरी कोम’ काम अभिनय गरेका अभिनेता सुनिल थापा ‘राते काँइला’ अर्को एक बलिउड फिल्ममा अनुबन्धित भएका छन् । फिल्ममा उनी विपाशा बसुसँग देखिने छन् । ‘द गड मस्ट बि क्रेजी’को बलिउड रिमेक ‘भाइ मस्ट बि क्रेजी’मा उनले अभिनय गर्न लागेका हुन् ।

फिल्ममा विपाशा बसुसँगै बलिउड अभिनेता शाहिद कपुरका पिता पंकज कपुर, कमेडी नाइट्स विथ कपिल फेमका सुनिल ग्रोभर, विजय राजलगायतका कलाकारको अभिनय रहने बताइएको छ । फिल्मका निर्देशक विनय शर्माले फेसबुकमा एक स्टाटस लेख्दै शर्माले सुनिल थापा फिल्ममा अनुबन्धित भएको जनाएका छन् ।

MARY-KOM

प्रियंका चोपडासँग फिल्म ‘मेरी कोम’मा सुनिल थापा ।

Comments