‘प्रेम गीत’को दोस्रो ‘म त अलपत्रै पर्छु’ (भिडियो)
screennepal
प्रकाशित: २०७२, २१ पुष मंगलवार
no img

काठमाडौं । प्रेम दिवस अर्थात् ‘भ्यालेनटाइन डे’को अवसरमा प्रर्दशनमा आउने तयारी गरिहेको चलचित्र  ‘प्रेम गीत’को दोस्रो गीत सार्वजनिक गरिएको छ ।

चलचित्रको टाइटल गीतले चर्चा पाइरहेका बेला चलचित्रको ‘म त अलपत्रै पर्छु’ गीत सार्वजनिक गरिएको हो । स्वरुपराज आचार्य र अञ्जु पन्तको स्वर रहेको गीतका शब्द डा. कृष्णहरि बरालले लेखेका हुन् । अजुर्न पोख्रेलको संगीत रहेको गीतमा पुजा शर्मा र प्रदीप खड्का देखिएका छन् । गीतमा बिछोडपछिको सम्झना देखाउन खोजिएको छ । मायालाई आफ्नो जीवन सम्झेर बाँच्ने जोडीलाई बिछोड जीवनलाई अधुरो ठान्छ । मायालुबिना आफूलाई अलपत्र सम्झन्छ । गीतको सारांश यस्तै छ ।

Prem geet
सुर्दशन थापाको निर्देशनमा तयारमा भएको ‘प्रेम गीत’लाई सन्तोष सेनले निर्माण गरेका हुन् । चलचित्रको शीर्ष गीत ‘म यस्तो गीत गाउँछु’ जस्तै दोश्रो गीतले पनि दर्शकको मन जित्ने निर्माण पक्षले अपेक्षा गरेको छ ।

https://www.youtube.com/watch?v=xVJ6dFE5cPE

Comments