क्लासिकको ‘प्रकृतिको सुन्दर सृष्टि … ’ (भिडियो)
screennepal
प्रकाशित: २०७२, २१ पुष मंगलवार
no img

काठमाडौं । पछिल्लो समय चलचित्रलाई उत्कृष्ट बनाउनका लागि चलचित्रकर्मीले सम्झौता गर्न छाडेका छन् । बर्षमा १० जनामात्र फिल्म मेकरले यस बिषयमा ध्यान दिए नेपाली चलचित्रको स्तर पक्कै उकालो लाग्ने थियो कि !

केही चलचित्रकर्मीले भने मेकिङ, गीतसंगीत, कथावस्तुमा निर्माता तथा निर्देशकले पूर्णरुपमा ध्यान दिन थालेका छन् । त्यस्ता नेपाली चलचित्रका गीतसंगीत अहिले उत्कृष्ट बन्न थालेका छन् । २९ माघबाट अलनेपाल प्रदर्शन हुने चलचित्र ‘क्लासिक’ले गीतको अडियो र भिडियोमा कुनै सम्झौता नगरेको देखिन्छ । चलचित्रको सार्वजनिक भएका गीतलाई दर्शकले रुचाइरहेका छन् । ताराप्रकाश लिम्बुको संगीतमा समावेश यो चलचित्रका गीतहरुको भिडियो मेकिङमा पनि निर्माणपक्षले ध्यान दिएको छ ।

Namrta
यसै चलचित्रमा समावेश ‘प्रकृतिका सुन्दर’ बोलको गीत यु–ट्युबबाट सार्वजनिक गरिएको छ । डाक्टर कृष्णहरि बरालको शब्द, मेलिना राईको स्वर रहेको यस गीत सुन्दा आनन्द लाग्छ । गायिका राईको स्वरले गीतको ज्यान भर्ने काम गरेको छ । गीतमा चलचित्रकी नायिका नम्रता श्रेष्ठलाई देख्न सकिन्छ । दृष्टिबिहिनको भूमिकामा देखिएकी नम्रताले गीतमा लोभलाग्दो तरिकाले लिप्सिङ गरेकी छन् ।
यसअघि सार्वजनिक भएको ‘सुनौला हरदिन’ले दर्शकको मन जितिसकेको छ । चलचित्रमा आर्यन सिग्देल, नम्रता श्रेष्ठ, रोमी घिमिरे, प्रज्वल गिरी, सुशिल काफ्ले मुख्य भूमिकामा छन् । दृष्टिबिहिनहरुको प्रेम तथा सांगीतिक कथामा तयार भएको यो चलचित्रलाई सुवास गिरीले निर्माण गरेका हुन् । सुवास इन्टरटेन्मेन्ट र आर्यन सिग्देल इन्टरटेन्मेन्टको ब्यानरमा तयार भएको चलचित्रमा दिनेश राउतको निर्देशन छ । दिनेशले करिब ३ बर्ष लगाएर यो चलचित्रको कथा लेखेका थिए ।

Comments