भुर्तेलको चलचित्र पनि चल्ने भो !(भिडियो)
screennepal
प्रकाशित: २०७२, २० पुष सोमबार
no img

काठमाडौं । बेदप्रसाद भुर्तेलले अहिलेसम्म तीन वटा ठुलो पर्दाका चलचित्र निर्देशन गरिसके । यद्दपी, उनको कुनै पनि चलचित्र प्रदर्शन हुन सकेको छैन ।
निर्माण गरिएको लामो समयसम्म पनि चलचित्रको प्रदर्शन हुन नसक्दा ‘भुर्तेलको फिल्म रिलिज हुँदैन’ भन्ने मानसिकता बन्न थालेको थियो । तर, यसैबेला उनको एक चलचित्र ‘कुर्बान’ भने रिलिज हुने भएको छ । चलचित्र प्रदर्शनको मिति सार्वजनिक नगरेपनि निर्माता एनबी भट्टराईले रिलिज हुने पक्का भएको बताएका छन् । फिल्ममा समावेस एक गीत सार्वजनिक गर्दै रिलिजको छनक देखाएको हो ।

kurban 12
‘भेट भाको बेलैमा फोटो खिचे मोबाइलमा’ बोलको सार्वजनिक गीतमा दयाराम पाण्डेको शब्द, टंक बुढाथोकी र जुना प्रसाईंको स्वर रहेको छ । उक्त गीतमा शंकर बिसीले कोरियोग्राफी गरेका छन् । गीतमा प्रज्वल गिरी र सोनिया गिरीलाई फिचरिङ गरिएको छ । यस चलचित्रमा प्रज्वल र सोनियासँगै अभय चन्द, लय संग्रौला, पुष्कर भट्ट, खुस्बु पौडेल, किरण थापा, घनश्याम गिरी, रेसम फिरिरि, राकेश गिरी, जयना कुँवरलगायतका कलाकारको अभिनय छ । चलचित्रमा चन्द्र पन्तको द्वन्द्व, टंक बुढाथोकी र ओम सुनारको संगीत, मदन कास्यप घिमिरेको छायांकन रहेको छ ।
एभरेष्ट इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गरिएको यस चलचित्रलाई नबराज शर्माले मुख्य सहायक निर्देशनको काम गरेका छन् । निर्देशक भुर्तेल भने अहिले फिल्मको च्यारिटीका लागि थाईल्याण्ड पुगेका छन् । उनी नेपाल फर्के पछि प्रदर्शन मिति सार्बजनिक गरिने निर्माता भट्टराईले बताए ।

https://www.youtube.com/watch?v=JGDdf0HAYh8

Comments