रोहित सुरीको ‘हाप गर्लफ्रेण्ड’ बन्दै श्रद्धा
screennepal
प्रकाशित: २०७२, २० पुष सोमबार
no img

मुम्बई । अभिनेत्री श्रद्धा कपुर निर्देशक मोहित सुरीको ‘हाप गर्लफ्रेण्ड’ बन्ने भएकी छन् । पछिल्लो समय ‘आशिकी–२’ जस्ता हिट फिल्ममा काम गरेकी श्रद्धाले निर्देशक सुरीको नयाँ प्रोजेक्टमा काम गर्ने भएकी छन् । समाचारमा बताइएअनुसार निर्देशक सुरीले चेतन भगतको उपन्यास ‘हाप गर्लफ्रेण्ड’ मा फिल्म बनाउँदैछन् ।

उक्त फिल्ममा श्रद्धालाई मुख्य नायिकाका रुपमा सुरीले लिएका छन् । अहिलेसम्म फिल्ममा को हिरो भन्ने नखुलाएपनि श्रद्धाको रोल निश्चित भइसकेको जनाइएको छ । फिल्ममा श्रद्धाले ‘हाप गर्लफ्रेण्ड’ को भूमिका निर्वाह गर्नेछिन् । फिल्ममा सशान्त सिंह राजपुत हिरो हुन सक्ने अनुमान गरिएको छ । तर यसको पुष्टि हुन बाँकी छ ।
shraddha-kapoor

Comments