फरहानसँग काम गर्न सजिलो छैन : अमिताभ बच्चन
screennepal
प्रकाशित: २०७२, १९ पुष आईतवार
no img

मुम्बई, एजेन्सी । बलिउड मेगास्टार अमिताभ बच्चनले अभिनेता तथा निर्देशक फरहान अख्तरसँग काम गर्न सजिलो नहुने बताएका छन् । एक प्रशंगमा यी अभिनेताले यस्तो बताएका हुन् ।

फिल्म ‘लक्ष्य’ मा फरहानको निर्देशनमा काम गरिसकेका अमिताभले फरहानका साथ काम गर्दाको अनुभवबारे सोधिएको प्रश्नमा भने, ‘उनको निर्देशनमा काम गर्न उनका साथ अभिनय गर्न दुवै सजिलो छैन ।’ फरहान आगामी फिल्म ‘वजीर’ मा  अमिताभका साथ पर्दामा देखिँदैछन् ।

Amitabh-bachchan

आफ्नो चार दशकको करिअरमा हरेक किसिमका भूमिकामा सफलता हासिल गरेका अमिताभ भन्छन्, ‘फरहान ‘लक्ष्य’ मा निर्देशक थिए र ‘वजीर’ मा अभिनेता, तर यस फिल्मको निर्माण क्रममा उनले एक निर्देशकको जिम्मेवारी समेत गरे । यो एकदमै रमाइलो कुरा हो ।’

Comments