जन्मदिनमा बिपाशाले आफ्नो प्रेमबारे खुलासा गर्ने !
screennepal
प्रकाशित: २०७२, १९ पुष आईतवार
no img

मुम्बई, एजेन्सी । गत वर्ष बलिउड अभिनेत्री बिपाशा बसु र करण सिंह ग्रोवरबीचको सम्बन्धले खुबै चर्चा पाएको थियो । केही समय यता भने उनीहरुले आफ्नो सम्बन्धलाई ‘राम्रो साथी’ मात्र भन्दै आएका छन् । तर, अब चाँडै बिपाशा र करणले आफ्नो वास्तविक सम्बन्धबारे खुलासा गर्दैछन् ।

उक्त खुलासा बिपाशाले आफ्नो जन्म दिनका अवसरमा गर्न लागेकी हुन् । हाल नयाँ वर्ष मनाउने क्रममा करणका साथ थाइल्याण्डमा रहेकी बिपाशाले ७ जनवरीमा ३७औं जन्म दिन मनाउँदैछिन् ।  उक्त दिन करण र आफ्नो सम्बन्धबारे बिपाशाले ‘सप्राइज’ का रुपमा खुलासा गर्ने योजना बनाएकी छन् ।बिपाशाले सामाजिक सञ्जालमा करणसँगको तस्बिर पोस्ट गर्दै करण र आफ्नो सम्बन्धलाई अफिसियल बनाउने बताएकी छन् ।

Bipasha-Basu
हरर्र फिल्म ‘अलोन’को सेटबाट बिपाशा र करणको सम्बन्ध अगाडि बढेको थियो । उक्त फिल्मको सेटका उनीहरु नपत्याउँदो तरिकाले नजिकिएका थिए । त्यसपछि उनीहरु छुट्टी मनाउन केही देश समेत गए । त्यसपछि बिपाशा र करणबीचको सम्बन्धले बलिउडमा चर्चा पाउन थाल्यो । तर, मिडियामा आफ्नो आफूहरुको सम्बन्धबारे ‘भाइरल’ बन्न थालेपछि उनीहरुले स्पष्टीकरण दिए, ‘हामी साथी मात्रै हौं ।’ हेरौं, उनीहरुको सम्बन्ध बास्तवमा के रहेछ । यसका लागि ७ जनवरी कुर्नु पर्नेछ ।

Comments