‘अनफरगेटेबल’ गायिका मारियाको निधन
screennepal
प्रकाशित: २०७२, १८ पुष शनिबार
no img

न्युयोर्क, एजेन्सी । विश्व प्रसिद्ध अमेरिकन गायिका तथा प्रस्तोता नटाली मारिया कोलको निधन भएको छ । गीतकारसमेत रहेकी मारियाले नौपटकसम्म संगीतको विधामा विश्वचर्चित पुरस्कार ग्रामी अवार्ड जितेकी थिइन् । उनी ६५ वर्षकी थिइन् । मारिया पियोवादक तथा गायक न्याट किङ कोलकी छोरी हुन् । तीन महिनादेखि अस्वस्थ रहेकी मारियाको निधन बिहिबार लस एन्जलसमा भएको हो । अस्वस्थताका कारण केही महिनायता कन्सर्टहरु रद्द गर्दै आएकी थिइन् । मारियाले गाएका अधिकांश गीत विश्वचर्चित बनेका छन् । जसमध्ये ‘दिस विल बि’ र ‘अनफरगेटेबल’ गीत बढी चर्चित छन् । उनी राम्रो गीत लेख्ने र गाउने मात्र नभई कन्सर्टमा उत्कृष्ट प्रस्तुती दिन सक्ने संगीकर्मी मानिन्थिन् ।

nataliecole

Comments