‘हामी शरणार्थी’ मा ‘पिङ्गा पिङ्गा’ गायिका भैशालीको स्वर
screennepal
प्रकाशित: २०७२, १८ पुष शनिबार
no img

काठमाडौं । यतिखेर हिन्दी फिल्म ‘बाजिराव मस्तानी’ को गीत ‘पिङ्गा पिङ्गा’ निकै लोकप्रिय छ । यो फिल्मले बलिउड बक्स अफिसमा समेत राम्रै व्यापार गरिरहेको छ । यस गीतकी गायिका हुन्, भैशाली माडे हुन् । भैशाली सन् २००९ को ‘सारेगम’ सांगीतिक रियालिटी शोकी विजेता हुन् ।

यिनै भैशाली अहिले बलिउडमा हट गायिकाको रुपमा छाइरहेकी छन् । फिल्म ‘बाजिराव मस्तानी’ को ‘पिङ्गा पिङ्गा’ गीत हिट भएसँगै बलिउडमा एकाएक चर्चामा आएकी भैशालीको स्वर अब नेपाली फिल्ममा पनि सुन्न पाइने भएको छ ।

uttam

Uttam jung & Vaishali Made On Mumbai. File Pic.

यी गायिकाले निर्माणाधिन नेपाली फिल्म ‘हामी शरणार्थी’ मा एउटा गीत गाएकी छन् । यो अवसर उनलाई गायक तथा संगीतकार उत्तमजंग लिम्बूले दिएका हुन् । उनका अनुसार भैशालीले पहिलोपटक नेपाली गीतमा स्वर दिएकी हुन् । उत्तमजंगको संगीत रहेको यस फिल्ममा भैशालीले दीपक लिम्बूसँग ‘कति माया गर्छौ भन…’ बोलको गीत गाएकी छन् । यस गीतबारे गायक तथा संगीतकार उत्तमजंगले भने, ‘फिल्म हामी शरणार्थीको गीत रेकर्डिङ गर्न मुम्बई जाँदा भैशालीसँग भेट भएको हो । त्यसपछि एउटा गीत उनलाई गाउन लगाएको हुँ ।’

vaishali

यस फिल्ममा अर्की चर्चित पाश्र्व गायिका साधना सरगमले पनि गाएकी छन् । उत्तमजंग पनि सांगीतिक रियालिटी शो ‘खोजी प्रतिभा’मार्फत नेपाली गायन क्षेत्रमा आएका हुन्  । सुमधुर स्वर धनी उत्तमजंग पछिल्लो समय संगीत सिर्जनामा पनि उत्तिकै व्यस्त हुन थालेका छन् । फिल्म ‘हामी शरणार्थी’ मा उत्तमजंगको सोलो संगीत रहेको छ ।

Comments