पाकिस्तानी गायक फत्तेह अलि खानलाई हैदराबादबाट फर्काइयो
screennepal
प्रकाशित: २०७२, १७ पुष शुक्रबार
no img

हैदराबाद, एजेन्सी । केही बलिउड फिल्ममा गाइसकेका चर्चित पाकिस्तानी गायक फत्तेह अलि खान शुक्रबार हैदराबादबाट फर्काइएको छ ।  उनी आबुधाबीबाट हैदराबाद आएका थिए । तर, उनलाई उतै फर्काएको छ । एयरपोर्ट अधिकारीका अनुसार भारत प्रवेशका लागि एउटा नियम हुन्छ । तर गायक अलिसँग त्यो प्रक्रिया नपुगेपछि पर्काइएको हो । एक अधिकारीले भने, ‘कोही पाकिस्तानी नागरिक भारत आए भने देशको चार शहरमा दिल्ली, मुम्बई, कोलकता र चेन्नई आउँछ । यो चार शहर पाकिस्तानी नागरिकका लागि प्रवेश प्वाइन्ट हो ।  तर फत्तेह अलि खान सिधैं हैदराबाद आए । त्यसैले उनलाई तुरुन्तै फर्काइएको हो ।’

01_01_2016-rahat_india1

उनी हैदराबादस्थित फल्कनु प्यालेसमा सांगीतिक प्रस्तुती दिन आएका थिए । गायकलाई फर्काइएपछि ८ बजे सुरु हुने कार्यक्रम ११ मात्र सुरु भएको थियो । आयोजकले फत्तेह अलि खानलाई एयरपोर्टबाटै फर्काइएको निकै ढिलो मात्र थाहा पाएका थिए ।

Comments