निर्माता संघमा छानविन गर्न नवलको माग
screennepal
प्रकाशित: २०७२, १७ पुष शुक्रबार
no img

काठमाडौं । चलचित्र निर्माताहरुको छाता संगठन नेपाल चलचित्र निर्माता संघमा लाखौंको हिनामिना निर्माता तथा अभिनेतानवल खड्काले बताएका छन् । नवलले आफूसहित ४० सदस्यको संयुक्त हस्ताक्षर संघमा बुझाउँदै एक साताभित्र सम्पूर्ण हिसाब किताब दुरुस्त पार्नसमेत गरेका छन् । उनले बिहीबार संघको कार्यालयमा  हस्ताक्षरसहितको मागपत्र दर्ता गराएका हुन् । एक साताभित्र संघको हिसाब–किताब फस्र्योट नगरिएमा जिल्ला प्रशासन कार्यालय हुँदै अख्तियारसम्म पुग्ने नवलले चेतावनी दिएका छन् ।

nawal-khadka1
संघमा दर्ता गराएको पत्रमा निर्माता संघ भवन निर्माण कोषमा यसअघि २२ लाख ५० हजार भएको र हाल सो कोषमा ४ लाख भएकाले १८ लाख ५० हजार संघका अध्यक्ष राजकुमार राईले हिनामिना गरेको दावी गरिएको छ । यस्तै गत निर्वाचनमा सदस्यता नविकरणबाट उठेको करिब ७ लाख रुपैयाँ बैंकमा दाखिला नगरिएकाले सो पैसा पनि हिनामिना भएको आरोप छ । यसरी संघको कुल २५ लाख ५० हजार रुपैयाँ हिनामिना भएकोले सो रकमको हिसाब एक साताभित्र बुझाउन संयुक्त हस्ताक्षर गरिएको पत्रमा माग गरिएको छ ।

nawal
निर्माता संघको सदस्यसमेत रहेका नवलले भने, ‘भवन निर्माण कोषको रकम भवन निर्माणका लागि जग्गा खरिद र घर बनाउन बाहेक अरु प्रयोजनले झिक्न नपाइने कायविधिमै उल्लेख छ । कार्यविधि मिचेर कोषबाट ८ लाख ५० हजार र गत निर्वाचनमा सदस्यता नविकरणबापत ७ सात लाख गरी २५ लाख ५० हजार रुपैयाँ हिनामिना गरेको देखिन्छ । कलाकार संघको मेरो अध्यक्ष पदावधि सकिएपछि सदस्य भएका नाताले निर्माता संघको बारेमा बझ्दा यति ठुलो हिनामिना भएको रहेछ ।’
यस बिषयमा नेपाल चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राईले वर्तमान नियम अनुसार निर्माता संघको अध्यक्षमा नवल खड्काले उम्मेदवारी दिन नपाउने भएकाले आफूविरुद्ध फोहोरी राजनीति गरेको बताएका छन् ।

nnn

Comments