भरतपुरमा ‘म त तिम्रै हुँ’, तीन गीतको छायांकन हुँदै
screennepal
प्रकाशित: २०७२, १७ पुष शुक्रबार
no img

काठमाडौं । चलचित्र ‘म त तिम्रै हुँ’ छायांकनको अन्तिम चरणमा पुगेको छ । अभिनेत्री सुस्मिता केसी बोम्जनद्वारा निर्मित चलचित्रको गीतबाहेक अरु छायांकन सकिएको छ । हाल गीतको छायांकन चलिरहेको निर्माणपक्षले जनाएको छ । चलचित्रमा समावेश ४ गीतमा ३ को छायांकन आज (शुक्रबार) सकिने जनाइएको छ ।

यस चलचित्रको गीत इलाममा पनि छायांकन गरिएको छ । भरतपुरस्थित क्यान्सर अस्पतालको सभाहलमा बिहीबार एक गीतको छायांकन गरिएको थियो ।

3

यसअघि चलचित्रको गीतको छायांकनका लागि युनिट पाल्पा, तानसेन, बुटवल हुँदै चितवन आएको हो । मकवानपुरको गढीमा शुक्रबार छायांकनसँगै गीतको सबै छायांकन सकिने निर्मात्री सुस्मिताले बताइन् । चलचित्रमा आकाश श्रेष्ठ र जोत्सना योगीको पनि मुख्य अभिनय छ । चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ । अभिनेत्री तथा निर्मात्री सुस्मिताले  चलचित्रको छायांकन सोचेजस्तै भएको बताइन् । ‘३० दिनमा सक्ने भनिएका छायांकन आज ५०औं दिनमा चलिरहेको छ तर सोचेभन्दा राम्रो भएको छ’ उनी भनिन् ।

1
चलचित्र ‘म त तिम्रै हुँ’ लाई श्रीराम महतले निर्देशन गर्दैछन् । चलचित्रमा सुस्मिताको साथमा विजय लामा, सुशील काफ्ले, आकाश श्रेष्ठ, जीवन भट्टराई, ज्योत्सना योगी, अनुपम श्रेष्ठ, सुसन खड्कालगायतका कलाकारको अभिनय रहने छ । चलचित्रमा सौरभ लामाको छायांकन, हिमाल केसीको द्वन्द्व निर्देशन, हर्कुलिश बस्नेतको संगीत र कृष्ण आचार्यको पटकथा तथा सम्वाद रहेको छ । अनमोल केसी र सुवास थापाको लगानी रहेको यस चलचित्रको कथा सुस्मिताकै हो ।
2

Comments