यसरी मनाइयो ‘नेपाली टोपी दिवश’ (तस्बिर हेर्नुस्)
screennepal
प्रकाशित: २०७२, १७ पुष शुक्रबार
no img

काठमाडौं । आज अंग्रेजी नयाँ वर्षको पहिलो दिन अर्थात् सन् २०१६ जनवरी १ शुक्रबार । आज बिहानै माइतीघर मण्डलामा युवा भेला भएर ‘नेपाली टोपी दिवश’ मनाए ।

‘नेपाली पोशाक लगाऔ, राष्ट्रियता जोगाऔं’ भन्ने नाराका तेस्रो अन्तर्राष्ट्रिय टोपी दिवस मनाइएको हो । युवाहरुले नेपाली टोपी लगाएर यो दिवश मनाएका छन् । सामाजिक सञ्जालमार्फत एकजुट हुने र टोपी दिवस मनाउने अभियान चलाएका युवाहरु  बिहानै माइतीघर मण्डलमा भेला भएका थिए । भेलामा सहभागी अधिकांशले नेपाली पोशाक तथा नेपाली टोपी लगाएका थिए ।

Topi-Diwas-10
उनीहरुले ‘हाम्रो मान हाम्रो शान र पहिचान, नेपाली पोशाकलाई सम्मान’, ‘नेपाली म, नेपाली पन, राष्ट्रिय पोशाक जगेर्ना’, ‘हाम्रो अभियान मेरो ढाका टोपी, मेरो गौरव, मेरो पहिचान’जस्ता नारा लेखिएका प्लेकाड बोकेका थिए । श्रद्धावान नेपाल नामक संस्थाले  अंग्रेजी नयाँ वर्षको दिनमा नेपाली पोशाक लगाउनुपर्ने अभियान सञ्चालन गर्दै आएको छ । तस्बिर साभार अनलाइन खबरबाट ।

Topi-Diwas-8

Topi-Diwas-3

Topi-Diwas-14

Comments