फेरि जम्दै ‘आशिकी–२’ जोडी
screennepal
प्रकाशित: २०७२, १६ पुष बिहीबार
no img

मुम्बई, (एजेन्सी) । मणि रत्नमको हिट रोमान्टिक तमिल फिल्म ‘ओ कधल कनमणि’ को हिन्दीमा रिमेक हुने भएको छ । फिल्मको रिमेक करण जोहरले गर्न लागेका हुन् । ‘ओ कधल कनमणि’को रिमेक बनाउन पाउँदा करणले आफूलाई निकै भाग्यमानी ठानेका छन् । यो कुरा उनले ट्विटरमार्फत व्यक्त गरेका हुन् । अहिलेसम्म यस फिल्मको टाइटल भने जुराइएको छैन । तर यस फिल्ममा ‘आशिकी–२’ को रोमान्टिक हिट जोडी आदित्य राय कपुर र श्रद्धा कपुरको नाम फाइनल भएको जनाइएको छ ।
यस फिल्मको अर्जिनल निर्देशन शादी अलिले गर्दैछन्, जो मणि रत्नमको असिस्टेन्ट भएर काम गरिसकेका छन् । उनले विवेक रोबरोय र रानी मुखर्जीलाई लिएर फिल्म ‘साथिया’ बनाएका थिए । यो फिल्म पनि साउथ फिल्मकै रिमेक थियो ।

Shraddha-Aditya
‘ओ कधल कनमणि’ को हिन्दी रिमेकमा ए आर रहमानको संगीत र गुलजारको शब्द रहने भएको छ । मणि रत्नमले ‘ओ कधल कनमणि’ बनाएको एक दशकपछि रोमान्टिम फिल्म बनाएका थिए । जुन फिल्म ‘आधुनिक रिलेशनसीप’मा आधारित थियो । यस फिल्मको पनि हिन्दी रिमेक बन्ने सम्भावना बढी छ ।

Comments