दर्शकलाई यो शुक्रबार ‘स्नेह’
screennepal
प्रकाशित: २०७२, १६ पुष बिहीबार
no img

काठमाडौं । प्रेमकथानक फिल्म स्नेह शुक्रबारबाट देशब्यापी प्रदर्शनमा आउँदैछ । इन्द्र परियारको निर्देशनमा आयुष पाण्डेको प्रस्तुति स्नेहले प्रेम गर्न सिकाउने दावी निर्देशकको छ । अधिकांश दृश्य पूर्वी नेपालको बिराटनगर, इटहरीलगायतका स्थानमा खिचिएको फिल्ममा बिकास चापागाई, प्रिति शाही ठकुरी, देशभक्त खनाल, राजकुमार साहलगायतले अभिनय गरेका छन् ।

देवीप्रसाद पाण्डे र बिनोद दुगड निर्माता रहेको फिल्मको कथा निर्देशक परियारकै छ । अभ्युदय खनालले खिचेको फिल्ममा प्रशान्त तामाङको कोरियोग्राफी छ । बिनोद पुडासैनी सह निर्देशक रहेको फिल्म आरआर फिल्मस्ले बितरण गरेको हो ।

Sneha2

Comments