चलचित्र रिलिज नभई सिक्वेलको घोषणा
screennepal
प्रकाशित: २०७२, १३ पुष सोमबार
no img

काठमाडौं । चलचित्र ‘बागमती’ रिलिज भएकै छैन । तर, यस चलचित्रको निर्माण युनिटले ‘बागमती–२’ निर्माण गर्ने घोषणा गरेको छ । ‘बागमती’ को प्रदर्शन मिति नजिकिँदै गर्दा यसको सिक्वेल निर्माणको घोषणा गरिएको हो । चलचित्र ‘बागमती’का मुख्य निर्माता दिनेश दर्शनधारीले ‘बागमती -२ ‘को निर्माणको लागि सबै काम सकिएको भन्दै अहिले चेन्नईमा चलचित्रको संगीतको काम भैरहेको बताए। चलचित्र ‘बागमती -२ ‘मा दुई जना निर्देशक हुने र जसमा भारतबाट निर्देशक सन्नी केरला र दक्षिण भारतीय प्राविधिकको नै प्रयोग गर्ने र नेपालबाट पनि चलचित्रमा एकजना निर्देशक रहने बताइएको छ ।

bagmati
चलचित्र ‘बागमती’का नायक राजेश हमाल र शिब श्रेष्ठ मुख्य भूमिकामा देखिदैछन् भने अभिनेता भुवन केसी र अनमोल केसीसमेत चलचित्रमा अभिनय गर्ने  दर्शनधारीले बताए । चलचित्र ‘बागमती -२ ‘ सांगीतिक
तथा एक्शन चलचित्र हुनेछ । ‘चलचित्र ‘बागमती’को व्यपार जस्तोसुकै भएपनि हामीले चलचित्र ‘बागमती -२ ‘निर्माण गर्ने तयारी गरिएको र चलचित्रको फागुन महिना बाट सुटिंग सुरु गरिने छ’ चलचित्रका निर्माता बिजय सत्यालले बताए । चलचित्रलाई ट्रि इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण गरिने छ । चलचित्र बागमती यहि पुष २४ गते बाट प्रदर्शनमा आउदैछ । फिल्ममा राजेश हमाल, शिब श्रेष्ठ, केकी अधिकारी, मुकुन्द श्रेष्ठ, धु्रव कोइराला, श्रेया कार्की, रविकर प्रसाद घिमिरे, बालकलाकार कञ्चन ठकुरीलगायतको अभिनय रहेको बताइएको छ ।

Comments