‘क्या कूल हैं’ अभिनेत्रीको हट फोटोसुट (भिडियोसहित)
screennepal
प्रकाशित: २०७२, १३ पुष सोमबार
no img

नयाँदिल्ली, एजेन्सी । आउँदो नयाँ वर्षको २२ जनवरीमा रिलिज हुन गइरहेको हिन्दी फिल्म ‘क्या कूल हैं हम–३’ की अभिनेत्री मन्दना किरिमीको बोल्डनेस फोटोसुटले हिजोआज बलिउड तताएको छ ।

उक्त फोटोसुटको भिडियो यु–ट्यूब एक करोडभन्दा बढीले हेरिसकेका छन् । जसका लागि फिल्मका अभिनेता आफताब शिवदासानीले आफ्ना प्रशंसकलाई आभारसमेत व्यक्त गरेका छन् । अभिनेत्री मन्दना हिजोआज ‘बिग बोस’ मा समेत देखिँदै आएकी छन् । यी अभिनेत्रीको अब चाँडै दर्शकले बोल्ड रुपमा पाउँनेछन् ।

Mandana-Karimi

अभिनेत्री मन्दनाले फिल्म ‘क्या कूल हैं हम–३’ का लागि हट फोटोसुट गराएकी हुन् । यस फोटोसुटको भिडियो बालाजी मोशन पिक्चर्सले सार्वजनिक गरेको हो । यस फोटोसुटमा अभिनेत्री मन्दनाले खुबै इन्जोय गरेको भिडियोमा देखिन्छ । (भिडियो हेर्नुस्)

Comments