मदनको ‘तिम्रो जस्तो दुईटा मुटु…’ (भिडियो)
screennepal
प्रकाशित: २०७२, १३ पुष सोमबार
no img

काठमाडौं । गायक मदनकुमार राईले आफ्नो एल्बमको अर्को म्युजिक भिडियो सार्वजनिक गरेका छन् । उनले ‘तिर्खा’ एल्बमको ‘तिम्रो जस्तो दुईटा मुटु…’ बोलको गीतको भिडियो यु–ट्युबमार्फत रिलिज गरेका हुन् । मदनको ‘तिर्खा’ मा जम्मा चार गीत छन्, जसमा ‘गाउँकी गोरीले’ र कर्कलाको पानी जस्तो जीवन’ बोलको म्युजिक भिडियोलाई उनले यसअघि नै यु–ट्युब र टेलिभिजनमार्फत सार्वजनिक गरिसकेका छन् । ती गीतहरु श्रोताले रुचाएका पनि छन् । ‘तिम्रो जस्तो दुईटा मुटु…’ गीतको भिडियोलाई संगीतकार ओमप्रकाश राईले निर्देशन गरेका हुन् ।

tirkha

ज्ञानु राईको छायांकन रहेको यस भिडियोमा गायक आफैले पनि मोडलिङ गरेका छन् । साथमा मनोज र सोनुको अभिनय हेर्न सकिन्छ । शेर्बा राईको शब्दरचना रहेको यस गीत विशेषगरी विदेशमा बस्नेले एकपटक सुन्नै पर्ने देखिन्छ । गीतमा मायालुलाई स्वदेशमा छाडेर विदेश गएका प्रेमीको कथा उनिएको छ । भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुुस् ।

Comments