‘बागमती’ टिमको फेसन शो (फोटोफिचर)
screennepal
प्रकाशित: २०७२, १० पुष शुक्रबार
no img

काठमाडौं । चलचित्र ‘बागमती’ले प्रदर्शन मिति नजिकिँदै गर्दा प्रचार प्रसारको लागि कुनै कमि राखेको छैन । गत शनिबारमात्रै महानायक राजेश हमालले साइकल ¥याली कार्यक्रममा साइकल चलाएर चलचित्रको प्रचार प्रसार गरेका थिए । यस्तै बिहिबार राजधानीमा क्रिसमसको अवसरमा फेसन शो गरेको छ ।

हाम्रो टेलिभिजन च्यानलले बागमती टिमलाई लिएर फेसन शोको आयोजना गरेको हो । सो कार्यक्रममा चलचित्र ‘बागमती’का कलाकार श्रेया कार्की, रविकरप्रसाद घिमिरे, बालकलाकार कञ्चन ठकुरी -याममा हिडेका थिए । उक्त शोमा चलचित्र बागमती यूनिटले पनि आफ्नो सहभागीता जनाएको थियो ।

IMG_9728

चलचित्र बागमतीकी नायिका केकी अधिकारी कार्यक्रममा आएता पनि कार्यक्रममा सहभागीता नजनाई कार्यक्रमबाट  बाहिरेकी थिइन् । चलचित्र ‘बागमती’ २४ पुसबाट प्रदर्शनमा आउँदै छ । यसका निर्देशक सन्नी केरला दक्षिण भारतीय हुन् भने फिल्मको प्राविधिक काम पनि नेपाल बाहिरै गरिएको छ ।

bagmati ramp

फिल्ममा नेपाली कलाकारहरु राजेश हमाल, शिब श्रेष्ठ, केकी अधिकारी, मुकुन्द श्रेष्ठ, धु्रव कोइराला,  श्रेया कार्की,रविकर प्रसाद घिमिरे,बालकलाकार कञ्चन ठकुरी लगायतको अभिनय रहेको छ । फिल्मलाई ट्रि इन्टरटेन्टमेन्टको ब्यानरमा दिनेश दर्शनधारी र बिजय सत्यालले निर्माण गरेका हुन ।

12435967_1070039939712965_1829324134_n

12431267_1070039866379639_1319387716_n

12399431_1070039889712970_1392745967_n

Comments