‘नालायक’ नायिकाको सेकेण्ड ह्यान्ड जवानी (भिडियो)
screennepal
प्रकाशित: २०७२, १० पुष शुक्रबार
no img

कामठाडौं । फिल्म ‘नालायक’बाट फुर्सद पाएकी नायिका खुश्बु खड्का यतिबेला पुुन यस्त हुन थालेकी छन् । गत बैशाख १२ मा गएको महाभूकम्पपीडित विधार्थीको अध्यापनका लागि सिन्धुपाल्चोक साँगाचोकस्थित स्कूल निर्माणको कार्यमा समेत सक्रिय हुँदै आएकी खुश्बुले फिल्म ‘गोरे’मा एउटा आईटम गीतमा नृत्य गरेकी छन् । जुन गीतको बोल रहेको छ  ‘सेकेण्ड ह्यान्ड जवानी’ । यो गीतमा खुश्बुलाई नायक दीलिपले साथ दिएका छन् । करिब एक दर्जन फिल्म र दर्जनौंभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी खुश्बु पछिल्लो समय म्युजिक भिडियो छायांकनको सिलसिलामा यूएई पुगेर फर्केकी छन् । गायिका साहिमा श्रेष्ठ पनि आफ्नो गीतको छायांकनको सिलसिलामा यूएईमै पुगेकी थिइन् । करिब १० दिन बसाइको अवधिमा उनीहरुले केही गीतको छायांकन सक्काएर फर्केका छन् । यूएईको अल ऐन शहरमा एक नेपाली सांस्कृतिक कार्यक्रममा समेत उनीहहरुले सहभागी हुनु भ्याएका थिए ।

Comments