१५ माघमा सिनेमा हलमा आउँदै शरणार्थीको कथा
screennepal
प्रकाशित: २०७२, ९ पुष बिहीबार
no img

काठमाडौं । भूटानी शरणर्थीका कथाव्याथालाई समेटेर निर्माण गरिएको नेपाली चलचित्र ‘रिफ्युजी’ले रिलिज मिति सार्वजनिक गरेको छ । उदय सुब्बा निर्देशित यो चलचित्र १५ माघमा रिलिज हुने भएको छ । निर्देशक सुब्बाका अनुसार चलचित्रमा  भूटान सरकारले लखेटेपछि नेपाल आइ बसेका शरणार्थीहरुको समस्यालाई चलचित्रमा समेटिएको छ । राजधानीमा पत्रकार भेटघाट गरी निर्माणपक्षले चलचित्रबारे जानकारी गराएको हो । यो चलचित्र जनवरीको पहिलो सातादेखि अमेरिका र त्यसपछि बेल्जियम, क्यानाडा र अष्ट्रेलियामा पनि प्रदर्शन गरिने निर्देशक सुब्बाले बताएका छन् ।

rrr

चलचित्रको केही दृश्य काटेपछि सेन्सर बोर्डबाट ‘रिफ्युजी’ले ‘युनिभर्सल’ प्रमाणपत्र पाएको छ । चलचित्रमा सौरभ लामाको छायांकन र राजु किरातीको द्धन्द्ध, दिनेश पाख्रिनको नृत्य, तारा थापा किम्लेको सम्पादन, विकाश चौधरीको संगीत, डब्बु क्षत्री र उदय सुब्बाको गीत रहेको छ । चलचित्रमा जीवन लुइँटेल, नीर शाह, रिस्ता बस्नेत, अशोक शर्मा, बिपना बस्नेत, सुरबीर पण्डित, मोहन निरौला, भूपेन्द्र लिङदेनलगायतका कलाकारले अभिनय गरेका छन् ।

Comments