सन्नी बोली फेर्दै भनिन्, ‘मलाई आमा बन्ने रहर छैन’
screennepal
प्रकाशित: २०७२, ९ पुष बिहीबार
no img

मुम्बई । पूर्वपोर्न स्टार तथा बलिउड अभिनेत्री सन्नी लियोनले हालैमात्र आमा बन्न चाहेको खबरले बलिउड तताएको थियो । एक कार्यक्रमा सन्नीले आफू आमा बन्ने योजना बनाइरहेको बताएपछि त्यो चर्चा भएको थियो । तर, फेरि सन्नीले आफ्नो भनाइ फेरेी छन् । सन्नीले भनिन्, ‘मलाई आमा बन्ने कुनै योजना छैन ।’ अभिनेत्री सन्नीले यसो पनि भनेकी छन्, ‘आमा बन्ने मेरो कुनै इच्छा पनि छैन ।’ उनले पछिल्लो समय आफ्नो पूरै ध्यान बलिउडमा करिअर बनाउनेतिर केन्द्रीत रहेको बताइन् । ४३ वर्षीया सन्नी लियोन विवाहित हुन् । उनका पति डेनियल वेबर हुन् ।

sunni1

‘जिस्म–२’ मार्फत बलिउडमा देखिएकी सन्नीले ‘गिल्ड अवार्ड’ को रेड कार्पेटको अवसरमा पत्रकारहरुसित भनिन्, ‘म पनि एक महिला हुँ । निश्चित समयमा आमा बन्न चाहन्छु । तर, अहिल्यै मलाई आमा बन्ने कुनै योजना र इच्छा छैन ।’
सन्नीले यसअघि भारतीय पत्रिकालाई दिएको अन्र्तवार्तामा भनेकी थिइन्, ‘म र डेनियल चाँडै आमा बाबु होस् भन्ने मेरी सास आमाको चाहना छ ।’ पत्रिका ‘डिएनए’ मा प्रकाशित एक रिपोर्टअनुसार सन्नी केही दिनअघि सासु ससुरासँग देखिएकी थिइन् । उक्त क्षणमा सन्नी निकै उत्साहित देखिएकी थिइन् ।
सन्नीले यसअघि एक अर्को अन्र्तवार्तामा आफ्नो पति ‘बेबी फिवर’ रहेको पनि बताएकी थिइन् । सन्नीले भनिन्, ‘मेरो पतिलाई सन्तानको इच्छा छ । उनीमा त्यो रहर देखेकी छु ।’ त्यतिखेरै उनले आफू चाँडै सन्तानको आमा बन्न चाहेको बताएकी थिइन् । हिजोआज सन्नी आफ्नो अपकमिङ एडल्ट कमेडी फिल्म ‘मस्तीजादे’ का लागि प्रमोसनमा छिन् । उनी यस फिल्मबाट उत्साहित पनि छिन् । मिलाप जावेरीको निर्देशनमा बनेको यो फिल्म आउँदो २९ जनवरीमा रिलि हुँदैछ ।

Comments