‘सरबजीत’को आफ्नो लुक्सदेखि ऐश दंग
screennepal
प्रकाशित: २०७२, ८ पुष बुधबार
no img

मुम्बई । अभिनेत्री ऐश्वर्या राय बच्चन आफ्नो अपकमिङ फिल्म ‘सरबजीत’ को सिम्पल लुकबाट पाएको सकारात्मक प्रतिक्रियाबाट एकदमै खुसी छिन् । ‘मेरी कोम’ का निर्देशक ओमंग कुमारको यस फिल्म भारतीय मूलका सरबजीतको जीवनमा आधारित छ, जसको पाकिस्तान जेलमा कुटेर हत्या गरिएको थियो ।
फिल्ममा ऐश्वर्या सरबजीतको बहिनी दलबीर कौरको भूमिकामा देखिँदैछिन् । जबकि रणदीप हुड्डा सरबजीतको भूमिकामा रहेका छन् । फिल्ममा रणदीपको भूमिका एकदमै छोटो छ । फिल्मको सुटिङ यसै साताबाट मुम्बईमा सुरु भएको छ ।

aishwarya_rai_jazba_0
‘स्टारडस्ट अवार्ड’ को अवसरमा ४१ वर्षीया ऐश्वयाले पत्रकारसँग भनिन्, ‘हामीले फिल्मको सुटिङ सुरु गरेका छौं । फिल्मको फोटो पनि बाहिर आइसकेको छ ।  र, प्रतिक्रिया पनि राम्रो आइरहेको छ । म एकदमै खुसी छु ।’ उनले फिल्मको कथा मन परेर काम गरेको बताइन् । ‘काम सुरू भएपछि खुसी छ’ ऐशले भनिन्, ‘यो फिल्म एकदमै मार्मिक छ ।’ ‘सरबजीत’ को निर्माण सन्दीप सिंह, कुमार र वासु भगनानीले गरेका हुन् । फिल्म अर्को सालको २० मेमा रिलिज हुने बताइएको छ ।

Comments