शाहरुखसित ‘दिलवाले’ दीपिका
screennepal
प्रकाशित: २०७२, ८ पुष बुधबार
no img

मुम्बई, (एजेन्सी) । बलिउड अभिनेता शाहरुख खान र अभिनेत्री दीपिका पादुकोण भलै यतिखर ‘दिलवाले’ र ‘बाजीराव मस्तानी’का साथ बक्स अफिसमा टकराव छ । तर, उनीहरुबीच कुनै मनमुटाव छैन । दुवैजना एक–अर्काको तारिफ गरेर थाक्दैनन् । यहाँसम्म कि, केही दिनअघि अभिनेत्री दीपिकाले एक ट्विट नै गरिन्, ‘शाहरुखलाई एकदमै मिस गरिरहेकी छु । म दिलवाले हेर्न उत्सुक छु ।’ उनले टिेवमै लेखिन्, ‘आई लभ यु शाहरुख । लोट्स अफ लभ यु रोहित एण्ड दिलवाले टिम ।’ यसपछि बलिउडमा यस्तो पनि हल्ला चल्यो, ‘२० डिसेम्बरमा शाहरुख र दीपिकाले सँगै फिल्म दिलवाले हेरे ।’ तर, शाहरुख निकट एक कलाकारले भने शाहरुखले दीपिकालाई मूभ डेटमा बोलाएनन् ।’

deepika-padukone-shahrukh-khan-051114
हालै एक अन्र्तवार्तामा पनि शाहरुखले फिल्म रिलिज हुनु अगाडि नै दीपिकासँग दिलवाले हेरेको बताए । दीपिकासँगै दिलवाले हेर्नुभएको हो ? भन्ने प्रश्नमा शाहरुखले भने, ‘दीपकिाले मैले थिएटरमा आउनुअघि नै दिलवाले हेरेका हौं । तर, जब फिल्म थिएटरमा लाग्यो, त्यसपछि हेरेको छैन ।’ उनले रोहितले समेत थिएटरमा दिलवाले नहेरेको बताए । शाहरुखले एक प्रश्नमा भने, ‘आगामी दिनमा थिएटरमा पनि दीपिकासँग फिल्म हेर्नेछु ।’

Comments