‘आधा पेज’को ‘यो मन मान्दैन’ (भिडियो)
screennepal
प्रकाशित: २०७२, ६ पुष सोमबार
no img

काठमाडौं । यहि शुक्रबार बाट प्रदर्शनमा आउन लागेको चलचित्र  “आधा पेज”को गीत सार्वजनिक गरिएको छ । ‘यो मान मान्दैन’ बोलको सार्वजनिक गीतमा  चलचित्रका नायक रुपेश न्यौपाने,नायिका रिस्ता बस्नेतलाई फ़िचरिंग गरिएको छ। सार्वजनिक गीतमा रुपक न्यौपानेको स्वर,शब्द र संगीत रहेको छ भने नुत्य सुदीपको रहेको छ  । प्रदर्शनको मिति नजिक आउदै गर्दा चलचित्र युनिट अहिले व्यापक प्रचार प्रसारमा लागेको छ । चलचित्रलाई  समुन्द्र भट्टको निर्देशन गरेकी हुन् ।चलचित्रमा सलोन बस्नेत ,रिस्ता बस्नेत ,रुपेश न्यौपाने , बिपना बस्नेत, दीपक क्षेत्री,सुरज आरडी,सन्तोष ढकाल, अशिम आरडीको मुख्य अभिनय रहेको छ । रुपक न्यौपानेको प्रस्तुतिमा परी फिल्मको ब्यानरमा  लीलाबहादुर न्यौपाने र ज्ञानबहादुर न्यौपानेले चलचित्रलाई निर्माण गरेका हुन् । चलचित्रमा रमण गायक र रुपक न्यौपानेको शब्द तथा सगीत,रामजी लामिछानेको नूत्य निर्देशन,इन्द्र लाल श्रेष्ठको छायांकन,आकाश बुढाथोकीको कथा ,सन्तोष ढकालको सम्पादन रहेको छ ।

Comments