कपिल शर्माको शो बन्द हुँदै !
screennepal
प्रकाशित: २०७२, ५ पुष आईतवार
no img

नयाँदिल्ली । कपिल शर्माका फैनका लागि दुखद खबर छ किनकि, उनको चर्चित शो ‘कमेडी नाइटस विद कपिल’ बन्द हुँदैछ । यो शो तीन वर्षयता लगातार दर्शकमाझ सफलतापूर्वक छाउँदै आएको छ । एक समाचारअनुसार यसको अन्तिम शो आगामी १७ जनवरीमा हुनेछ । त्यसपछि दर्शकले यो शो हेर्न पाउने छैनन् । शो बन्द गर्नुको केही कारण छैन । समाचारमा जनाइएअनुसार शो बन्द गर्न कपिल र उनका टिमले नै निर्णय गरेको हो । सुत्रका अनुसार कपिल कलर्स च्यानलको व्यवहारदेखि खुसी छैनन् । हुन त यो च्यानलमा यो शो केही महिनाअघि मात्र सुरु भएको हो । च्यानलकै कारण कपिल आफनो शो बन्द गर्ने निर्णयमा पुगेको बताइन्छ । तर, उनका टिम भने जसरी पनि शो बचाउन लागिपरहेका थिए ।

kapil-sharma20
एक भारतीय मिडियासँग कुरा गर्दै कपिलले आफनो शो बन्द हुने कुरालाई पुष्टि गरेका छन् । उनले भनेका छन, ‘हो, बन्द हँदैछ । यही डिसेम्बरसम्म मात्र शो आउने छ । तर, च्यानलले १७ जनवरीमा पछि मात्र शो बन्द गर्नु अनुरोध गरेको छ ।’ उनले तीन वर्षको अवधिमा दर्शकअनुसार कन्टेन्ट पस्केको बताए ।

Comments