तीन प्रेमीका ‘सान्नानी’ (भिडियो)
screennepal
प्रकाशित: २०७२, ५ पुष आईतवार
no img

काठमाडौं । गायक आशिक प्रजापतिले आफ्नै शब्द, संगीत तथा स्वरमा कबिना ‘सान्नानी’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । सार्वजनिक गरिएको भिडियो म्युजिक प्रालि निर्माण गरेको हो । म्युजिक भिडियो राम्रो र स्तरिय बनेको गायक प्रजापति बताउँछन् । म्युजिक भिडियोमा तीन जनाले आ—आफ्नो तरिकाले प्रेम प्रस्तुत गरेको देख्न सकिन्छ । ‘सान्नानी’ गीतको भिडियोको निर्देशन तथा सम्पादन रमेश बस्नेतले गरेका हुन् । भिडियोमा मोडेल अन्जु धिताल, कपिल केसी, राम र नबिनलगायत निर्देशक रमेश बस्नेतको पनि अभिनय रहेको छ । नारायणी क्रियशनको प्रस्तुति रहेको भिडियोलाई कार्यकारी निर्देशन दिपेन्द्र बर्तौलाले गरेका हुन् भने सुलभ अधिकारीले खिचेका हुन् । गायक प्रजापतिको अन्य गीतहरु पनि बिास्तरै बजारमा आउने कबिना म्युजिक प्रा.लिका ब्यबस्थापक दिनेश थापाले बताए ।

https://www.youtube.com/watch?v=gYik46ebUk8&sns=fb

Comments