‘बागमती’का लागि हमालको २० किमि साईकलयात्रा
screennepal
प्रकाशित: २०७२, ५ पुष आईतवार
no img

काठमाडौं । पौष २४ गतेबाट दर्शकमाझ आउन लागेको फिल्म ‘बागमती’को प्रचारका लागि जस्तोसुकै अवस्थामा पनि तयार हुने बचन दिएका अभिनेता राजेश हमाल शनिबार एक फरक कार्यक्रममा देखा परे । उनी किर्तिपुरबाट सुरु भई २० किलोमिटरसम्म चलेको साईकल ¥यालीमा सहभागी भए, अन्य सहभागीहरुसँगै ५ किलोमिटर बढीको यात्रा साईकलमै गरे । जहाँ हमाल बागमतीको प्रचारकै लागी उत्रिएका थिए ।
साईकल ¥यालीमा सहभागी तथा उपस्थित अन्य व्याक्तिहरुलाई हमालले रिलिज पश्चात हलमा पुगेर फिल्म हेर्नको लागी आग्रह गरे । सयौं फिल्ममा अभिनय गरिसकेका हमालले ’बागमती’ आम फिल्म भन्दा बिल्कुलै फरक बनेको र यसमा प्रयोग भएको प्रबिधी तारिफ गर्न योग्य रहेको भन्दै ’बागमती’ नेपाली फिल्म उद्योगमा कोशेढुंगा साबित हुने ठोकुवा पनि गरे ।

rajesh hama
लायन्स क्लब अफ गोल्डेन टाउन र ईन्द्रायणी परिवार क्लब किर्तिपुरको संयुक्त आयोजना तथा ’बागमती’ फिल्मको प्रायोजनमा पर्यावरण पक्षमा तथा मानविय स्वस्थताको लागी साईकल प्रयोग गरौं जस्ता नारासहित सुरु भएको ¥याली किर्तिपुरबाट सुरु भई पाटनढोका, थापाथली, त्रिपुरेश्वर, कालिमाटी, बल्खु, चोभार हुँदै किर्तिपुर आएर सकिएको थियो । ¥यालीमा फिल्मकर्मी, पेशाकर्मी तथा अन्य विशिष्ट व्याक्तिहरुको समेत उपस्थिती थियो । हमालसँगै फिल्म निर्माता दिनेश दर्शनधारी, अनिश नापित लगायतले शनिबार साईकलमै यात्रा गरे ।

Comments