माया गर्नेहरुको लागि प्रेम गीतको ट्रेलर
screennepal
प्रकाशित: २०७२, ३ पुष शुक्रबार
no img

सांगीतिक प्रेम कथामा बनेको सिनेमा ‘प्रेम गीत’ को ट्रेलर रिलिज भएको छ । सुदर्शन थापाले निर्देशन गरेको यो सिनेमाको ट्रेलरलाई अभिनेत्री रेखा थापाले आफ्नो फेसबुकबाट पहिलो पटक सार्वजनिक गरिन।

सुदर्शन थापाले केहि बर्ष अघि निर्देशन गरेको सिनेमा ‘मेरो एउटा साथी छ’मा रेखाले पनि काम गरेकी थिईन, यसकारण पनि उनीहरुको सम्बन्ध राम्रो छ , रेखाले ट्रेलर सार्बजनिक गर्दै लेखेकी छन,‘ म यस्तो गीत गाउछु जुन प्रेम गीत बनोस, अल द बेस्ट डीयर सुदर्शन थापा’ ।

‘प्रेम गीत’ को ट्रेलर निकै आकर्षक छ । ट्रेलरमा कागबेनी, मुक्तिनाथ, मार्फा, टुकुचे, बेनी, पोखरा, मुग्लिन र काठमाण्डूका सुन्दर दृश्यहरु समाबेस गरिएको छ, जसलाई हेर्दा अनिकै आनन्द आउछ जसले जो कसैलाई पनि आकर्षित गर्न सक्छ । ट्रेलरमा नब नायक प्रदीप खड्का र नायिका पूजा शर्माको जोडीलाई रोमान्टिक तरिकाले प्रस्तुत गरिएको छ ।

आशुसेन फिल्म्सको ब्यानरमा सन्तोष सेनले निर्माण गरेको ‘प्रेम गीत’मा पुजा र प्रदिप संगै सरोज खनाल, रुपा राणा , लक्ष्मी गिरी लगायतको समेत अभिनय रहेको छ । यो सिनेमा प्रेम दिवसको अवसर पारेर आगामी माघ २९ गते देखि प्रदर्शनमा आउँदैछ ।

https://www.youtube.com/watch?v=KsvuFZCmiM8

Comments