पुसे चिसोझैं चिसियो रणवीर–कट्रिना सम्बन्ध !
screennepal
प्रकाशित: २०७२, २ पुष बिहीबार
no img

काठमाडौं । बलिउड अभिनेता तथा अभिनेत्रीहरुको ‘रियल लाइफ’ पनि ‘रिल लाइफ’भन्दा फरक छैन । उनीहरुको ‘रियल लाइफ’मा पनि ‘रिल’ माजस्तै अफेयर्स र ब्रेकअपको चलिरहेको हुन्छ । पछिल्लो समयमा बलिउड नगरीमा रोमान्टिक जोडीका रुपमा परिचित रणवीर कपुर र कट्रिना कैफको सम्बन्धलाई लिएर भारतीय मिडियामा विभिन्न खाले चर्चा चलिरहेको छ । समाचारमा जनाइएअनुसार रणवीर र कट्रिनाबीचको सम्बन्ध अहिले ‘ब्रेकअप’को अन्तिम संघारमा पुगेको छ । सो ब्रेकअपको कारण भने अभिनेत्री दीपिका पादुकोणलाई लगाइएको छ । दीपिका कुनै समय रणवीरकै प्रेमिका थिइन् ।

ranbir-kat-650
भारतीय मिडियाका अनुसार केही समयदेखि रणवीर र कट्रिनाको सम्बन्धमा खटपट  हुन थालेको छ । रणवीर र दीपिका अभिनित फिल्म ‘तमाशा’को प्रमोसन ताका रणवीर दीपिकासँग नजिकिएपछि क्याट्रिना चिढिएकी बताइन्छ । फिल्म प्रमोसनका बेला दीपिका–रणवीरले दुवैको हृदयमा प्रेम रहिरहेको बताएका थिए । त्यसपछि कट्रिनाको मनमा चिसो पसेको हो । तर, कट्रिनाले भने दीपिकाप्रति आफ्नो कुनै जलन नभएको बताएकी छन् ।
यतिखेर कट्रिना र रणवीर लण्डनमा छन् । तर रणवीर भने ‘ए दिल है मुस्किल’ र कट्रिना ‘फितूर’को सुटिङमा व्यस्त छन् । केही दिनअघि मात्र एक पार्टीमा कट्रिनाले रणवीरका पिता ऋषिलाई ‘पापा’ भनेर बोलाएपछि उनीहरुबीच चाँडै विवाह हुँदैछ भन्नेसम्म अड्कल गरिएको थियो । तर, अहिले आएर उनीहरुको सम्बन्ध पुसको चिसो झैं चिसिएकाले ‘अब के हुन्छ’ भनेर भारतीय मिडियाले गसिप बनाइरहेका छन् । (एजेन्सी)

Comments