अब डिजिटल बजारमा महजोडी
screennepal
प्रकाशित: २०७२, २ पुष बिहीबार
no img

काठमाडौँ । मह अर्थात मदकृष्ण श्रेष्ठ र हरिवंश आचार्य । उनीहरुलाई हेर्न र सुन्न अब न स्टेज पुग्नुपर्छ, न त रेडियोको कान बटार्नुपर्छ । दर्शकले अब मह जोडीलाई आफ्नो अनुकुल सजिलै देख्न सक्नेछन् । मह जोडीलाई अब इन्टरनेटमा भेट्न सकिनेछ । उनीहरुले डिजिटल पर्दा www.mahajodi.com.np सञ्चालनमा ल्याएका छन् ।

Maha jodi
डिजिटल बजारमा महको प्रवेशले यस क्षेत्रलाई नयाँ दिशातर्फ डोहो¥याउन सक्ने सम्भावना देखाउँछ । नेपाली कलाकारिता क्षेत्रमा सूचना, गतिविधि र सिर्जनाहरु डिजिटल बजारमा कमै भेटिन्छ । महको बायोग्राफीसँगै सबै सिर्जनाहरु अब अनलाइनमार्फत देख्न पाइने छ । उनीहरुले गरेको यो कार्यले सुस्ताउँदो रंग उद्योगलाई फस्टाउन सहयोग पु¥याउने अपेक्षा गरिएको छ । पहिले–पहिले क्यासेट, सिडी बिक्रि हुन्थ्यो । तर अहिले त्यो शून्य छ । त्यसैले यु–ट्युब च्यानल र अनलाइनलाई एउटा आम्दानीको श्रोत मान्न थालिएको अवस्थामा महले यो साइट खोलेका हुन् । जसमा महका पुरै टेलिफिल्म, नाटक, प्रहसन हेर्न सकिन्छ । महजोडीको वेभसाइटमा उनीहरुले उत्पादन गरेका सामग्रीको संक्षिप्त विवरण पनि उल्लेख गरिएको छ ।

Comments