हमालले भने, ‘कुनै समय गृहिस्थी भन्नेमै विश्वास लाग्दैनथ्यो’
screennepal
प्रकाशित: २०७२, २ पुष बिहीबार
no img

काठमाडौं । गत वर्षसम्म कला क्षेत्रका नायक राजेश हमाल र भर्सटाय गायक राजेशपायल राई उमेर घर्कंदा विवाह नगरेकै कारण चर्चामा थिए । नायक राजेशले विवाह गरेपछि भने गायक राजेशपायल एक्लो बनेका छन् । उनीले यस मंसिरमा पनि लगन जुराएनन । बुधबार एक अनलाइन पोर्टल डटकमको सार्वजनिकमा कार्यक्रममा दुवै राजेशबीच विवाहकै प्रशंगले चर्चा पायो । निर्देशक समाजका अध्यक्ष दिनेश डिसीले दुवैबीच अन्तक्र्रिया चलाएका थिए ।

‘विवाह भनेको कसैले कसैलाई सल्लाह दिएर हुने हैन । तर उहा“ यति लामो समयसम्म अविवाहित रहनुको कारण चाहीँ के हो ?’ नायक राजेशले स“गै बसेका गायक राजेशतर्फ इंगित गर्दै भने, ‘मलाई त कुनैबेला घर र गृहस्थी भन्नेमै विश्वास लाग्दैनथ्यो । म त्यसको लागि जन्मेकै होइन भन्ने लाग्थ्यो । उहा“लाई पनि त्यस्तै भएको हो वा के हो ? तर धैर्यता राख्नुस् । मैले बिहे गरें भनेर तपाई आत्तिएर बिहे नगर्नुस् ।’ नायकले ठ्यौली पस्कदै गायक राजेशलाई सुझाव दिए ।

setoparda
राजेशपायलले पनि आफू विवाहको विपक्षमा नरहेको प्रष्ट्याउ“दै भने, ‘मेरो चित्त बुझ्दा आमाबुबाको नबुझ्ने अनि उहा“हरुको बुझाउन लाग्यो भने आफ्नो नबुझ्ने । दुवैको सोच क्रस हु“दा विवाह हुन नसकिरहेको हो ।’ उनले आफुलाई भगवानले पनि सधै एक्लो जिवन नराख्नेमा विश्वास व्यक्त गरेका थिए । अनलाइन पोर्टल सार्वजनिक कार्यक्रममा दिनेश डिसीले दुवै राजेशलाई अनलाइन समाचारका कारण अप्ठ्यारो अवस्था आएको भए साझेदार गर्न आग्रह गरे । नायक राजेशले भने अनलाइन समाचारको बचाउ गर्दै बोले, ‘कलाकार भइसकेपछि सकारात्मक वा नकारात्मक दुवै खालै प्रतिक्रिया आउछन् नै । त्यसलाई ब्यालेन्स गर्न सक्नुपर्छ । प्रतिक्रियाविहिन रहनु खतरनाक अवस्था हो ।’ त्यसो त उनले पछिल्लो समय पाठकलाई तान्ने नाममा झुटा र आकर्षित शीर्षक राख्ने गरेकोप्रति टिप्पणी पनि गरे । सोमबारदेखि सार्वजनिक गरिएको सेतोपर्दा डटकम अनलाईन पत्रिकाले कलाका विभिन्न पाटोहरु चलचित्र, रंगमञ्च, संगीत, साहित्य, चित्रकलालाई समेटेर सम्पूर्ण कला पत्रिकाको रुपमा ल्याइएको संचालकमध्येका एक राज शाहले बताए ।

Comments