को–को रंगपत्रकार बने निर्देशक ?
screennepal
प्रकाशित: २०७२, १ पुष बुधबार
no img

– भोला अधिकारी

काठमाडौं । पछिल्लो रंगपत्रकारहरु चलचित्र तथा म्युजिक भिडियो निर्देशकका रुपमा आउनेक्रम बढेको छ । विभिन्न सञ्चारमाध्यममा कार्यरत आधा दर्जन रंगपत्रकारहरु म्युजिक तथा चलचित्र निर्देशनतर्फ देखिएका छन् । चलचित्र क्षेत्रमा लामो समयदेखि कलम चलाउँदै आएका रंगपत्रकार सुब्रत आचार्य ‘अर्धकट्टी’मार्फत निर्देशकका रुपमा देखिए । उनले ‘अर्धकट्टी’सँगै दुई दर्जनभन्दा म्यूजिक भिडियो समेत निर्देशन गरिसकेका छन् ।

11149717_10205259327194079_142343040983188738_o

Laxman Subedi

त्यस्तै, अर्का रंगपत्रकार लक्ष्मण सुवेदीले पनि ‘एउटा साथी’मार्फत निर्देशनमा डेब्यु गरेका छन् भने हाल उनी ‘लालजोडी’ निर्माणमा जुटेका छन् । नेपाली चलचित्र तथा गीत संगीतलाई एक दशकभन्दा बढी नियाल्दै आएका अर्का रंगपत्रकार डब्बु क्षेत्रीले पनि ‘राहदानी’ मार्फत चलचित्र निर्देशनका रुपमा उभ्याएका छन् । जुन चलचित्र प्रदर्शनको तयारीमा छ । पत्रकार डब्बु गीत तथा गजल लेखनमा समेत सक्रिय छन् । यस वर्षमात्र उनले एउटै गजलमार्फत तीन अवार्ड पाएका छन् ।

dabbu

Dabbu Kshetri

त्यसो त रंगपत्रकारहरु निर्देशनमा आउनु एउटा खुसीको कुरा हो । तर, उनीहरु निर्देशनमा कतिसम्म सफल हुन सक्छन् भन्नेचाहिँ अर्कै पाटो हो । पत्रकार डिबी खड्काले पनि एक गीतको म्युजिक भिडियो निर्देशन गरी निर्देशकका रुपमा देखिएका छन् । डिबीले ‘हुने वाली’ बोलको डेउडा गीत लेखेर चर्चा बटुलेकाले थिए । त्यस्तै, केही अनलाइनमा कार्यरत रंगपत्रकारहरु समेत पछिल्लो समय म्युजिक भिडियो निर्देशनमा व्यस्त हुन थालेका छन् । एक समय पत्रकारहरु मोडलिङ र अभिनयमा सक्रिय देखिएका थिए । तर, हिजोआज भने निर्देशनलाई जोड दिन थालेका छन् ।

subtra

Subrat Acharya

db

DB Khadka

Comments